काठमाण्डौं । आज अपरान्ह एमसीसीका बिरुद्ध यस कम्पनी उपाध्यक्ष फतिमा सुमार सहायक उपाध्यक्ष जोनाथान बु्रक्स लगायतको बिरुद्ध कालो झण्डा देखाउन जम्मा भएका प्रदर्शकारीहरुलाई प्रहरीले कोटेश्वर लगायतका ठाउँबाट पक्राउ गरेको र ती मध्ये कतिपयलाई महेन्द्र पुलिस क्लबमा पुर्याएको खबर छ । त्यसरी प्रकाउ पर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्ट, उत्सुक कट्टेल लगायत दर्जनाैंलाइ काेटेश्वर चाैकीमा राखिएकाे थियाे । पक्राउ परेका सबैल चाैकीमानै नाराजुलुश गरेका थिए ।

पछि उनीहरू सबै महेन्द्र पुलिस क्लब पुर्याइएकाे जानकारी कृष्णहरि भट्टले दिए । एमसीसी खारेजी अभियान संघर्ष समितिले पक्राउ परेका सबैलाई तुरुन्त सबैलाई रिहा गर्न माग गरेको छ ।
बेलुकीपख पक्राउ परेका सबैलाई रिहा गरिएको भट्टले बताए ।