एजन्सीहरू । इजारलले पेलेस्टिनी क्षेत्रमा अहिलेसम्म चलाइरहेको बमबर्षा अभियान अन्तरगत गाजा पट्टीमा हमासका नेता सिनवार सहीत शीर्ष तीन कमाण्डर मार्ने योजना बनाएको फाइनाशियल पत्रिकाले हिजो शुक्रबार रणनीतिसँग परिचित सुत्रको हवाला दिदै खबर दिएको छ । सिनवारका अतिरिक्त सैन्य शाखाका प्रमुख मोहम्मद दीफ र तिनका अर्का कमाण्डर मरवन इस्सा हिट सूचिमा शीर्ष स्थानमा रहेको जनाएको छ ।
पत्रिकाले लेखेको छ कि इजरायली अधिकारीहिरुको इरादा हमास सैन्य बलमाथि निर्णायक सैन्य बिजय हासिल गर्ने र गाजा पट्टीमाथि अधिकार जमाउने पेलेस्टिनी अन्दोलनको क्षमतालाई नष्ट गर्ने रहेको छ । इजरायली युद्ध योजनासँग परिचित एक ब्यक्तिको उल्लेख गर्दै भनिएको छ ‘‘यो एउटा बहुतै लामो युद्ध हुनेछ ...हामी अहिले आफ्नो उदेश्य प्राप्त गर्ने आधा बाटोमा पनि पुगेका छैनौं।’’ा
त्यस पत्रिकाले एक बरिष्ठ इजर सैन्य अधिकारीको हवाला दिदै भनेको छ कि अहिले हमासका २४ बटालियनमध्ये १० बटालियनलाई ठूलो नोक्सान पुगेको छ जसमा ५० भन्दा बढी कमाण्डर र ५००० लडाकु मरिएका छन् ।
अहिलेको हमला हमासको कमाण्ड क्षेत्रमा गरिदै रहेको बताइएको छ ।