शनिबार, आश्विन १७ गते २०८३

एनसेल बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्याे


मंसिर १६, २०८० शनिबार
एनसेल बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्याे

काठमाडौँ । मलेसियाली कम्पनी आजिएटा समूह बर्हादले एनसेलमा रहेको आफ्नो शेयरमध्ये एनसेलको ८० प्रतिशत बिक्री गरेको छ । एनसेलको बाँकी रहेको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो ।

त्यो स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको स्वामित्व रहेकोछ ।

गएको बुधबार व्यावसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो । नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।

दूरसञ्चार क्षेत्रका धेरैजसाे जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् ।

२०६१ भदौ १६ एनसेलले जीएसएम मोबाइल सेवा सञ्चालनका लागि नेपालको अनुमति प्राप्त गरेको थियो ।