आइतबार, आश्विन १८ गते २०८३

अमेरिकाका चर्चित पूर्ब बिदेश मन्त्री हेनरी किसिञ्जरकाे १०० बर्षको उमेरमा निधन


मंसिर १४, २०८० बिहीबार
अमेरिकाका चर्चित पूर्ब बिदेश मन्त्री हेनरी किसिञ्जरकाे १०० बर्षको उमेरमा निधन

काठमाडौं । अमेरिकाका चर्चित पूर्वविदेशमन्त्री हेनरी किसिञ्जर एक सय वर्षको उमेरमा आज  निधन भएको छ । उनकाे अमेरिकाकाे कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ ।

रिपब्लिकन पार्टीका हेनरी किसिञ्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकाकाे विदेशमन्त्री भएका थिए ।

भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार समेत पाएका थिए ।

किसिञ्जर अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए ।  चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।

 चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता उनले नै गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित मानिन्छ ।

अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिञ्जरले दुई देशबीच स्थायी सम्वाद पनि आवश्यक रहेको पनि बताउँथे । उनी १०० बर्ष पुग्दा पनि हालै चीनकाे भ्रमण गरेर फर्केका थिए ।