शनिबार, कार्तिक ८ गते २०८३

अमेरिकाका चर्चित पूर्ब बिदेश मन्त्री हेनरी किसिञ्जरकाे १०० बर्षको उमेरमा निधन


मंसिर १४, २०८० बिहीबार
अमेरिकाका चर्चित पूर्ब बिदेश मन्त्री हेनरी किसिञ्जरकाे १०० बर्षको उमेरमा निधन

काठमाडौं । अमेरिकाका चर्चित पूर्वविदेशमन्त्री हेनरी किसिञ्जर एक सय वर्षको उमेरमा आज  निधन भएको छ । उनकाे अमेरिकाकाे कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ ।

रिपब्लिकन पार्टीका हेनरी किसिञ्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकाकाे विदेशमन्त्री भएका थिए ।

भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार समेत पाएका थिए ।

किसिञ्जर अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए ।  चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।

 चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता उनले नै गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित मानिन्छ ।

अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिञ्जरले दुई देशबीच स्थायी सम्वाद पनि आवश्यक रहेको पनि बताउँथे । उनी १०० बर्ष पुग्दा पनि हालै चीनकाे भ्रमण गरेर फर्केका थिए ।