जेम्स एम डोर्सी*
गएको ७ अक्टोबरका दिन इजरायलीमाथि हमासको हमलाले केवल मुस्लिम राजनीतिक नेताहरुलाई मात्र बिभाजन गरेन त्यसका अतिरिक्त त्यसले धार्मिक हस्तीहरु र संस्थानहरुलाई पनि यस बिषयमा आफ्ना प्रतिकृयाहरु ब्यक्त गर्नका लागि बाध्य तुल्यायो कि २१औं शताब्दीमा इस्लामको अर्थ के हो, जसले यस बारेमा एउटा गहिरो बिभाजनलाई दर्शाउँदछ ।
मतभेदहरुको मूलमा इजरायल–पेलााोस्टिन बिभाजनका दुबै किनारामा निर्दोष पीडितहरुसँग सहानुभूत राख्ने क्षमता र इच्छा छ, भलै ध्यान गाजामाथि इजरायलको हमला, पश्चिमको दोहोरो मानक र अन्तर्राष्ट्रिय समुदायको नरसंहार र युद्धमाथि दीर्घकालीन रोक लगाउनमा बिफलतामाथि होओस् ।
यो बिभाजन इजरायलीहरु र यहूदीहरुका बीचमा प्रतिबिम्बित हुन्छ, ती मध्येमा कयौंलाई निर्दोष पेलेस्टिनी नागरिकहरुको अत्याधिक पीडाकाप्रति बहुतै कम सहानूभूति छ । निश्चितरुपमा अधिकांश मुस्लिम धार्मिक नेताहरुको मान्यता के छ भने हमासको हमला १९६७ को मध्यपूर्ब युद्धको क्रममा बिजय प्राप्त गरेको पेलेस्टिनी भूमिमाथि दशकौंको कब्जा र पेलेस्टिनी प्रतिरोधलाई दबाउने र एक स्वतन्त्र राष्ट्रको स्थापनलाई बिफल तुल्याउनका लागि तयार गरिएको इजरायली नीतिको परिणाम हो ।
कतिपयले के पनि तर्क दिने गरेका छन् भने गाजामा अन्धाधुन्ध इजरायली बमबर्षा र सतहको हमलाबाट १४००० भन्द बढी गाजाबासीहरु मारिएका छन्, ३०,००० भन्दा बढी अन्य घाइते तुल्याइएका छन् र जीवनका आधारभूत आवश्यकता र सुबिधाहरुका लागिका आधारभूत संरचनाहरु ध्वस्त पारिएका छन् । त्यसले हमासको हमलाको क्रूरतालाई पनि धेरै पछि छोडिदिएको छ, जसमा परेर मानिस मारिएका थिए र त्यसमा अधिकांश इजरायली नागरिक थिए ।
मुस्लिम धार्मिक नेताहरु र बिद्वानहरुका बीच बभाजनले मुसलमानहरुको बिबिधता(स्पेक्ट्रम)का दुइ ध्रुबको प्रतिकृयामा स्पष्ट हुन्छजसले स्वयंमलाई उदारबादीकारुपाामा परिभाषित गर्ने गर्दछन् । यसमा शरिया र राजनीतिक बहुलबादमा सर्बोच्चताबादी र भेदभावपूर्ण धाराहरुलाई हटाउनका लागि इस्लामी न्यायशास्त्रमा सुधारको वकालत गर्ने पक्षका धार्मिक नेताहरु र बिद्वानहरुदेखि लिएर निरंकूशतासँग जोडिएका धार्मिक हस्तीहरु र संस्थानहरुसम्म पनि सामेल छन् । जसमध्ये केही बढी सामाजिक स्वतन्त्रतका पक्षधर छन् तर असहमतिलाई दबाउदछन् र धार्मिक कानुमा सुधारको बिरोध गर्दछन् ।
इस्लामको ‘उदारबादी ब्याख्याहरुमा बिबिधताले यो परिभाषित गर्ने संघर्षलाई दर्शाउँदछन् कि २१औं शताब्दीमा उदारबादी इस्लामको के अर्थ हो । यसले आस्थाको उदारबादी र बढी उग्र अभिब्यक्तिहरुका बिचको बिभाजनलाई पनि प्रतिध्वनित गर्दछ । जुन टर्कीका राष्ट्रपति रेसेपतैय एर्दोगानदेखि लिएर इरानका जेहादीहरुसम्म फैलिएको छ ।
अक्टोबर ७ को हमलामा नागरिक इजरायलीहरुको अन्धाधुन्ध हत्याकासाथ मुस्लिम ब्रदरहूडबाट प्रेरित एक इस्लामी समूह हमास,जसले आफ्नो राष्ट्रबादलाई धार्मिक आवरण्मा छुपाउँदछ, ले इस्लामका उदारबादी र अधिक उग्रबादी अभिब्यक्तिहरुका बीचका रेखाहरुलाई धूमिल तुल्याई दिएको छ ।
बिभिन्न दृष्टिकोणहरुको गडबडीले अन्तर्राष्ट्रिय मानबीय कानुनहरुको अनुपालनलाई सुनिश्चित गर्न र आतंकबादीहरुलाई शरियामा बन्ध्याकरण खोज्ने क्षमताबाट बञ्चित गर्नका लागि मुस्लिम धार्मिक न्यायशास्त्रमा सुधारको आवश्यकतामाथि प्रकाश पार्दछ ।
बिश्वको सबैभन्दा उदारबादी इण्डोनेशिया स्थित मुस्लिम नागरिक समाज आन्दोलन नहदातुलउलमा र काहिरामा स्थित इस्लामी शिक्षाको १,०५३ पुरानो गढ अल–अजहरको गाजा युद्धको प्रतिकृयाहरुमा बिरोधाभासले यी गडबडीहरुलाई उजागर गर्दछन् ।
इजरायल–पेलेस्टिनी संघर्षको ‘न्यायपूर्ण’ समाधानको आह्वान गर्दै एउटा बक्तब्यम नहदलातउलमाले आग्रह गर्यो कि धार्मिक प्रेरणा – जसमा सार्बभौमिक प्रेम र करुणा, मानब भाइचारा र न्यायको मूल्य सामेल छन् – लाई हर समय सार्बजनिक जागरुकतामा सबैभन्दा अगाडि ल्याइनु पर्दछ र तल्लो स्तरदेखि लिएर राजय सत्ताको बाटो(करिडर)सम्म, समाजको हरेक स्तरमा संघर्षलाई सुल्झाउनमा मद्दत गरिनु पर्दछ । बक्तब्यमा मुसलमानहरुसँग ‘बढ्दो (इजरायली–पेलेस्टिनी) हिंसामा मारिएका साबै मानिसहरुको आत्माको लागि सामुहीकरुपले प्रार्थना गर्नका लागि आह्वान गरियो’ ।
त्यसले अगाडि वकालत गर्यो कि ‘हरेक ठाउमा मानिसहरु र सरकारहरु ...घृणा र शत्रुतालाई बढावा दिनका लागि पहिचानलाई हतियार बनाउने या धर्मका आह्वान गर्नबाट बचुन्। जसमा इजरायल र पेलेस्टिन बीचको संघर्ष पनि शामेल छ’ ।
त्यो बयान पछि नहदलातुलउलमाले ‘मध्य पूर्ब हिंसा र नियम–आधारित अन्तर्राष्ट्रिय ब्यबस्थाका खतराहरुलाई सम्बोधित गर्नमा धर्मको भूमिका’माथि चर्चा गर्नका लागि मुस्लिम तथा गैर–मुस्लिम धार्मिक अधिकारीहरुलाई एउटा शिखर सम्मेलनका लागि आमन्त्रित गरिएको छ ।
यसको बिपरीत अलअजहरले आफ्नो बयानमा भनेको छ ‘हामी पेलेस्टिनी नागरिकहरुको प्रतिरोध प्रयासहरुकाप्रति गर्बपूर्ण सलाम गर्दछौं’। तिनमा पेलेस्टिनीहरुकाप्रति ‘इमानदारीपूर्बक संबेदना’ ब्यक्त गरियो, जो ‘आफ्नो मातृभूमि र राष्ट्रको रक्षाका लागि शहीद हुन पुगे’ अनि मारिएका इजरायलीहरुकाप्रति कुनै उल्लेख गरिएन । अलअजहरको ग्लोबल फतवा(धर्मादेश) सेण्टरले हमासको दाबीलाई दोहोर्याउदै एउटा धार्मिक राय जारी गर्यो कि कुनै पनि इजरायली निर्दोष छैनन् । किनभने इजरायलको बयानले त्यस छबिलाई प्रस्तुत गर्दछ जस अनुसार सबै गाजाबासी आतंकबादी तथा हमासको समर्थक हुन् ।
त्यस फतवामा भनिएको छ ‘नागरिक शब्द कब्जा गरिएको भूमिमा जायोनी निवासीहरुमाथि लागु हुँदैन । बरु ती त्यो भूमिमाथि कब्जा गर्नेहरु हुने जसले अधिकारहरुलाई हडप्ने गर्दछन्, पैगम्बरहरुको तरीकालाई उल्लंघन गर्दछन्’।
के स्पष्ट छैन भने के यो फतवाले १९६७ को मध्यपूर्बको क्रममा इजरायलद्वारा कब्जा गरिएको पेलेस्टिनी भूमिमा बस्नेहरुको उल्लेख गर्दै थियो या सँबै इजरायली यहूदीहरलाई बस्नेहरुकोरुपमा परिभाषित गरिएको हो ।
हमासको हमलाको समर्थन गर्दै बिभिन्न बरिष्ठ अलअजहर मौलवीहरुले यहूदीहरुलाई ‘बादर र सुँगुरको श्रापित बंशज’कारुपमा बर्णित गरेको छ । कुनै पनि बिन्दूमा गाजासँग सम्बन्धित अन्य आधिकारिक अलअजहर बक्तब्यहरु र ब्यक्तिगत बिद्वानहरुका घोषणाहरुमा धर्म, नश्ल, या पन्थको पर्बाह नगरीकन निर्दोष नागरिहरुको हत्याको निन्दा गरिएको छैन ।
गाजा युद्धले इजरायल–पेलेस्टिनी बिभाजनका दुबै किनारामा मानिसको सबैभन्दा बिनाशकारी प्रबृत्ति – अस्तित्व, क्रोध, भय, निराश र प्रतिशोध –लाई जन्म दिएको छ । युद्ध मुस्लिम र यहूदी धार्मिक नेतहरुक लागि एउटा अग्नि परीक्षा हो कि के उनीहरु लडाईंभन्दा माथि उठ्न सक्छन् र मानबीय तथा नैतिक रुपले बचावयोग्य स्थिति अपनाउन सक्दछन् ? अहिलेसम्म त उनीहरु धेरैहदसम्म परीक्षणमाा बिफल नै रहेका छन् ।
*Dorsey is an award-winning journalist and a senior fellow at Nanyang Technological University's S. Rajaratnam School of International Studies in Singapore.
नेपालपत्र संवाददाता