आइतबार, आश्विन १८ गते २०८३

हमास-इजरायल युद्ध बिराम अरू दुइ दिन थप हुने


मंसिर १२, २०८० मंगलबार
हमास-इजरायल युद्ध बिराम अरू दुइ दिन थप हुने

काठमाडौ । आज इजरायल-हमास बीच गाजामा चलिरहेको युद्धविरामको समयावधि सकिनै लाग्दा युद्धविराम दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको छ । हमासका अधिकारीले पनि समूहले युद्धविरामलाई अझ विस्तार गर्ने र इजरायल-हमास युद्धको अन्त्य गर्ने आशा गरेको कुरा अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

यस अघि इजरायल र हमासबीच गाजामा शुरू भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार  आज मङ्गलबार सकिँदै छ । युद्धविरामको एक पक्ष हमासले पनि केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।

गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले सोमबार एक्समा भनेका छन् ।

इजरायल-हमास बीच गाजामा चलिरहेको युद्धविरामको समयावधि सकिनै लाग्दा युद्धविराम दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले भनेको छ । हमासका अधिकारीले पनि समूहले युद्धविरामलाई अझ विस्तार गर्ने र इजरायल-हमास युद्धको अन्त्य गर्ने आशा गरेको बताएका अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मङ्गलबार सकिँदै छ । युद्धविरामको एक पक्ष हमासले पनि केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।

गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले सोमबार एक्समा भनेका छन् ।