आइतबार, आश्विन १८ गते २०८३

शी जिनपिङकाे 'चीनकाे शासन' सम्वन्धि पुस्तककाे चाैथाे खण्ड काठमाण्डाैमा सार्बजनिक


मंसिर १०, २०८० आइतबार
शी जिनपिङकाे 'चीनकाे शासन' सम्वन्धि  पुस्तककाे चाैथाे खण्ड काठमाण्डाैमा सार्बजनिक

चीनको शासन (The Governance of Chaina) सम्बन्धि शी जीनपिङ्गको किताबको चौथो संस्करणको प्रबर्ध्दनात्मक कार्य  गएको साता अर्थात २३ अक्टोबर २०२३ बिहीबारका दिन काठमाण्डौमा सम्पन्न भयो ।कार्यक्रममा नेपालका पूर्ब प्रधानमन्त्री झलनाथ खनालले पुस्तका यो खण्डभन्दा अघिल्ला खण्डहरु  पढेर ‘चीनमा समाजबाद निर्माण गर्ने दृष्टिकोण  अत्यन्तै सुन्दर र रचनात्मक’ रहेको आफुले पाएको बताए । पुस्तकमा पाठकहरुले चीनको द्रूत बिकास र रुपन्तरणसँग सम्बन्धित प्रश्नहरुको ‘यथार्थ सामजिक राजनीतिक र दार्शनिक जवाफहरु’ पाउन सक्छन् – उनले भने  । 

volume forth.jpeg
कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सोङ्गले पुस्तकको यो नयाँ खण्डको नेपालमा बिमोचनले नेपाली जनतालाई चिनीया कम्युनिष्ट पार्टी किन सफल भयो भन्ने यथार्थलाई अभिबृद्धि गर्न र चीनको बाटो,शासन र सिद्धान्तका बारेमा गहिरोगरी बुझ्न मद्दत पुग्ने र यसरी दुइ देशका बीचको बिकास र समृद्धिको रणनीतिक साझेदारीलाई थप प्रबर्द्धन गर्न सहयाेग पुग्ने उनले  बिश्वास ब्यक्त गरे । 
यो कार्यक्रमका आयोजना चीनको बिदेशी भाषा प्रेस र अन्तर्राष्ट्रिय पुस्तक ब्यापार निगमले गरेको थियो ।