आइतबार, आश्विन १८ गते २०८३

अल्प युद्ध बिराम शुरु भए पछि बन्धक २४ र प्यालेस्टिन बन्दी ३९ रिहा

मंसिर ९, २०८० शनिबार
अल्प  युद्ध बिराम शुरु भए पछि बन्धक २४ र प्यालेस्टिन बन्दी ३९ रिहा

काठमाण्डौ । ४ दिनको छोटो युद्ध बिराम शुरु भए पछि पहिलाे चरणमा आज बिहान हमासले बन्धक बनाइएको २४ जना र इजरायलले बन्दी बनाएका ३९ जना,जसमा अधिकांश महिला र बालबलिका रिहा गरिएका छन् ।  यो क्रम बाँकी दिनमा पनि जारी रहने बताइएको  छ। रिहा गरिएका मानिसहरू रेडक्रसकाे जिम्मा लगाइएकाे बताइएकाे छ ।


तर मानिसहरु अझै पनि युद्ध रोकिने र शान्ति छाउने कुरामा  बिश्वास गर्न सकिरहेका छ्रैनन् । यद्यपि उनीहरुले युद्ध रोकिन पर्दछ भनिरहेका छन् । बिश्वभरीका मानिसले यो छोटो युद्ध बिरामलाई पूर्ण युद्ध बिराममा फेरिनु पर्दछ भन्ने जोडदार माग गरिरहेका छन् । 


तर इजरायलले युद्ध पूरै हमासको शक्तिलाई समाप्त पारे पछि मात्र रोकिने अड्डी लिइरहेकोले युद्ध फेरि शुरु हुने कुराले मानिसहरु सन्त्रस्त देखिन्छन् । युद्धले ध्वस्त पारेको गाजामा अस्पताल, स्कूल र मानबस्ती (शिबिर)हरुमाथिको बम हमलाले गर्दा अहिलेसम्म कम्तिम १४,५०० भन्दा बढी सर्ब साधारण नागरिकहरु मारिएका छन् र त्यसमा निहत्था र निर्दो बाल बच्चा र महिलाहरु बढी छन् । 

युद्धले ध्वस्त पारेका कालिलाग्दाे र बिभत्स स्थिति देखेर  िरहा भएका मानिसहरू मनमा भय उत्पन्न भए पनि छुटेका मानिसहरू खुशी भएका देखिन्थयाे ।