राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठकले मुलुकमा संसदबादी शक्तिहरुको, अराजकता, दिशाहीनता र बिसंगतिपूर्ण गतिबिधिले बिस्थापित प्रतिगामी शक्ति सल्बलाउन थालेको निष्कर्श निकालेको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा काठमाण्डौमा बसेको बैठकले नेपालमा बाह्य हस्तक्षेप झन बढ्दै गएको, नेपाली जनताका बिचको सामाजिक सद्भाव खल्बलिएको र आर्थिक स्थिति पनि डामाडोल भएको र त्यसले गर्दा देशको राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका समस्या अझ चर्किएको उल्लेख गर्दै तसर्थ कतै भ्रम र अन्यौलम नपरी सम्पूर्ण शोषित पीडित जनताकासाथै क्रान्तिकारी शक्तिहरु, देशभक्त जनवादी शक्तिहरु एकजुट भएर खडा हुनु पर्ने आवश्यकता अझ बढ्न गएको कुरा औंल्याएको छ ।
बैठकले मोर्चालाई जन स्तरमा पुर्याउन बिभिन्न निर्णयहरु लिदै अन्तराष्ट्रिय सन्दर्भमा साम्राज्यबादको उक्साहटमा इजरायलद्वारा भइरहेकाे पेलेस्टिनी जनताको नृशंश नरसंहार तुरुन्त रोकिन पर्ने र बिश्व समुदायले युद्ध रोक्न तत्काल भूमिका खेल्नु पर्ने तथा पेलेस्टिनीहरूकाे स्वाधिन राज्यकाे सम्मान गर्नु पर्ने पनि औल्याएको छ ।

नेपालपत्र संवाददाता