प्यालेस्टिनमाथि घोर नरसंहार मच्चाइरहेको इजरायली सेनाले हालै एउटा भिडियो जारी गरेर हमासले अस्पताललाई आफ्नो सैन्य अभियानका लागि उपयोग गरेको सबूत प्रमाण दिन खोज्दै थियो र के बताउदै थियो भने अल सिफा अस्पताल हमासको सैनिक शिबिर हो । हमासले भने त्यो आरोपको ठाडै खण्डन गर्दै उसले आवासीय भवनहरु, मस्जिदहरु तथा अस्पतालहरु लगायत नागरिकका आधारभूत संरचना आफ्नो सैनिक किल्लाबन्दीका लागि उपयोग गरेको भन्ने त्यो अरोपलाई अस्वीकार गरेको छ । बरु उल्टै हमासको एउटा समूहको के भनाइ रहेको छ भने इजरायलले नागरिक केन्द्रहरु, अस्पताल, बिद्यालय लगायत सार्बजनिक स्थलहरुलाई निशान बनाएर ‘युद्ध अपराध’ गरिरहेको छ ।
हुन पनि इजरायली सेनाले अल शिफा अस्पतालमा हमला गरेर त्यसलाई ध्वस्त पारिसकेपछि गाजाकै अर्को इण्डोनेशियाली अस्पताललाई पनि हमलाको प्रमुख निशाना बनाइरहेको छ । त्यो अस्पतालबाट पनि हजारांै युद्धमा घाइते भएका र अन्य गम्भीर बिरामीहरु र बिस्थाफित भएका मानिसहरुले शरण लिइरहेका थिए । तर त्यो अस्पतालमा पनि चिकित्सा सेवा समाप्त पार्न र जसरी पनि मानिस मार्न इजरायल आँखा चिम्लेर लागेको छ । उसले हमासले अस्पताल, बिद्यालय लगायतका सार्बजनिक स्थलहरु आफ्नो आश्रय स्थल बनाएको अबिश्वसनीय आरोप लगाउन छोडेको छैन ।
बिश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को एक मानबताबादी समूहले इजरायली क्रूर हमलाको शिकार बनाइएको अल शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ भनेर घोषणै गरिसकेको छ । यसका साथै प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महम्मूद अब्बास, जसको सरकार इजरायले कब्जा गरेको पश्चिम किनारा(वेस्ट बैंक)ले नियन्त्रित गर्ने गर्दछ,उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अनुरोध गरेका छन् कि बाइडेनले गाजामा इजरायली युद्ध अभियान रोक्नका लागि हस्तक्षेप गरुन् । यस सन्दर्भमा अमेरिकाको तर्फबाट युद्धलाई सोझै रोक्ने त्यस्तो कुनै प्रस्ताव आएको छैन । संयुक्त राष्ट्र संघले भनेको छ कि इजरायल–हमास संघर्ष शुरु भए पछिदेखि गाजापट्टीमा १.२३ लाखभन्दा बढी मानिहरु बिस्थापित भएका छन् र ७३ हजारभन्दा बढी मानिसहरुले बिद्यालयहरुमा शरण लिइरहेका छन् । ती मध्ये कतिपयलाई संकटकालीन आश्रय स्थल नाम दिइएको छ । संयुक्त राष्ट्र संघका अनुसार नागरिकहरुमाथि इजरायली सेनाको हमला अभूतपूर्ब दरले बढेको छ । त्यसले पेलेस्टिनहरुलाई उनीहरुको आजीबिका नै खोसिदिएको छ, उनीहरुको घर परिबार र कतिपय मामिलामा उनीहरुको जीवनको जीवन नै खोसिएको छ । यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण कुरा हो । अहिलेसम्मको यो लडाईमा १४ हजारभन्दा बढी पेलेस्टिनहरु छन् भने १,२०० जति इजरायलीहरु छन् । अहिले इजरायली टैंकहरुले उत्तरी गाँजाको अस्पताललाई घेराउ गरेका छन् र परिसरमा गोली बर्षा गरेका छन् जसमा १२जना पेलेस्टिनहरु मारिएका छन् भने दर्जनौ घाइते भएका छन् । त्यो अस्पतालका अधिकारीहरुका अनुसर त्यहाँँ कर्मचारहरु लगायत करब ७०० बिमारीहरु इजरायली गोली बर्षको शिकार भएक छन् ।यस संबेदनशील सन्दर्भम चीनका बिदेश मन्त्री वांग यीले गएको २० नोभेम्बर २०२३ का दिन अरब र मुस्लिम बाहुल्य देशहरुका राजनयिकहरुतसँग भनेका छन् कि अन्तर्राष्ट्रिय समुदायले गाँजामा भइरहेको ‘मानबीय बिपत्ति’लाई रोक्नका लागि तत्काल कारबाही गरिनु पर्दछ । साऊदी अरबका बिदेश मन्त्रीले पनि यस स्थितिमा आफ्ना र इस्लामिक देशहरुएका मन्त्रीहरुका बीचमा भएको एउटा बैठकको क्रममा भनेका थिए कि गाजामा अब इजरायली हमलालाई रोक्नका लागि अन्तराष्ट्रिय समुदायले उत्तरदायित्व सम्हाल्ने बिशेष आवश्यकता बन्न गएको छ । संयुक्त राष्ट्र संघका महासचिव एण्टिनियो गुत्तेरेसले पनि तत्कालै मानबीय युद्ध बिरामका लागि आह्वानलाई दोहोर्याएका छन् । उनले एउटा पोष्टमा भनेका छन् कि ‘मध्यपूर्बमा युद्धमा हरेक दिन महिला र बालबच्चाहरु समेत नागरिकहरुको उदेकलाग्दो र अस्वीकार्य संख्यामा मृत्यु भइरहेको छ । यसलाई अब कुनै पनि हालतमा रोक्नु पर्दछ’ । कोपेनहेगन बिश्बिद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर क्रिश्चियन ब्यूगरले भनेका छन् कि ‘जब युक्रेनमा सार्बजनिक आधारभूत संरचनामाथि हमला हुँदा जेनेभा कन्भेशनको उल्लंघन हुन गएको कुराको चर्चा भएको थियो भने गाजा अस्पतालमाथिको हमला त ‘अन्तर्राष्ट्रिय मानबीय कानुनको सीमाभन्दा धेरै टाढाको कुरा भइसक्यो’ । एकजना अर्का बृटिश थिंक ट्यांकले चैथम हाउसको सम्पादकीयमा लेखेका छन् – यूक्रेनका पश्चिमा सहयोगीहरुको लागि ‘नैतिकता उच्च भूमिको कुइरोमा डुबेको छ’ ।

इजरायलका ९४ प्रतिशत जति मानिसले के मान्दछ न् भन्ने कुरा प्रकाशमा आएको छ भने ७ अक्टोबरको घटनाका लागि नेतान्याहू पनि आंशिकरुपमा दोषी छ । शायद त्यसै कारणले मानबता, मानबीय मूल्य र मानबाधिकारको जति कुरा उठाए पनि इजरायल आफ्ना बन्धकहरु छुटाउनसम्मका लागि युद्ध जारी राख्न चाहन्छ । यद्यपि त्यहाँ यस कुरालाई इन्कार गर्न सकिने स्थिति छैन कि मानबताको सुरक्षा तथा शान्तिको संकल्पका लागि एउटा ठूलो संकट उत्पन्न हुँँदै गइरहेको छ । बिश्वमा चारैतिर जुन तनाब र अबिश्वासको स्थिति बनेको छ, त्यसबाट बिश्वका प्रत्येक राष्ट्र अब आफुलाई असुरक्षित र असहाय जस्तो अनुभव गर्न थालेका छन् । सुरक्षा या शान्तिको नामम युद्ध र संघर्षका नयाँ नयाँ समीकरण् बनाइन थालेको छ । त्यसैले अब समय के सोच्नै पर्ने आइसकेको छ भने अहिलेको स्थितिमा युद्धले युद्धको अन्त्य हुँदैन । सार्थक राजनीतिकि छलफल, कूटनीतिक कौशल,बार्ताद्वारा नै अब यूक्रेन युद्ध, इजरायली–पेलेस्टिनी युद्धलाई बिराम गरेर दीगो, बिश्वसनीय र भरपर्दो नया बिश्व शान्तिका लागि नयाँ प्रयाशको आरम्भ गरिनु अत्याबश्यक भइसकेको छ । यसका अतिरिक्त मानबीय गरीमा, मूल्य र सामाजिक समुन्नतिका लागि पनि सामुहीकरुपले सुरक्षित र संरक्षित तुल्याउन पनि अत्याबश्यक छ । त्यसैले बिश्वका सम्पूर्ण शान्तिकामी, मानबद्रोही,नरसंहाकारी, अन्यायपूर्ण युद्ध र मृत्युका बिरुद्ध मोर्चाबन्दी आजको राष्ट्रिय र अन्तर्राष्ट्रि सर्बोपरी आबश्यकता बन्न गएको छ ।
नेपालपत्र संवाददाता