आइतबार, आश्विन १८ गते २०८३

भन्सार अधिकृतको मनोमानी : फलफूल तथा तरकारी बाेकेकाे गाडी बिना कारण राेकिए : व्यवसायी आन्दोलित 


मंसिर ५, २०८० मंगलबार
भन्सार अधिकृतको मनोमानी : फलफूल तथा तरकारी बाेकेकाे गाडी बिना कारण राेकिए : व्यवसायी आन्दोलित 

शहबाज खान 
कपिलवस्तु । 

कपिलवस्तुको‌ कृष्णनगर भन्सार कार्यालयमा २५ वटा फलफूल तथा तरकारी बाेकेका मालवाहक गाडी राेकिएका छन् । भन्सारले करिब १ सय ७५ टन‌ कच्चा फलफूल तथा तरकारी बोकेको ट्रक पिकअप रोकेकाे छ । गाडीमा  सुन्तला, टमाटर, सिमला मिर्च, भिन्डी, गोभी, आलु, मेवा र खुर्सानी लाेड गरिएको छ । 

फलफूल व्यवसायी इसरारले भारतबाट फलफूल तथा तरकारी बोकेर आएको मालवाहक गाडीहरुलाई भन्सार कार्यालयका कर्मचारीले राेकेकाे बताए । उनले भन्सारका कर्मचारीले अनावश्यक मनोमानीले ती गाडीहरु राेकेकाे आराेप लगाए ।कर्मचारीकाे मनाेमानी ढङ्गले रकिँदा व्यापारीहरुको ठुलो नोक्सानी हुने बताए । 

फलफूल तथा तरकारी व्यवसायी इसरार अहमदको अनुसार कृष्णनगर भन्सार कार्यालयमा साेमबार (आज) बिहान १० बजे‌ फलफूल तथा तरकारी बोकेको ट्रक पिकअपहरु भारतबाट ल्याएको र नियमानुसार रीत पुर्‍याई भन्सार गरि नेपालको‌ काठमान्डौँ फलफुल तथा तरकारी बजारमा ५ गते बिहानसम्म पुर्‍याएर बिक्री गर्ने लक्ष्य रहेको‌ थियो। 

Kw4.jpg

तर‌ भन्सार अधिकृत करवीर गैरेको मनोमानीले राति ८ बजे पनि कृष्णनगर भन्सारबाट ट्रक पिकअपहरु पास नहुँदा भारतबाट ल्याएको कच्चा फलफुल तथा तरकारी ४० प्रतिशत कुहिएर नोक्सानी हुन सक्ने बताए। 

सुनौली‌ भन्सार कार्यालयबाट सरुवा‌ भई कृष्णनगर भन्सार कार्यालयमा आएका भन्सार अधिकृत करवीर गैरले फलफूल तथा तरकारी व्यवसायीहरुलाई दुख दिने‌ गरेका छन् । गैरेले नियतले २५ वटा ट्रक पिकअपमा करिब १ सय ७५ टन फलफुल तथा तरकारी सहित गाडी राेकेका छन् । 

Kw2.jpg

व्यवसायी इसरार अहमदले ती सामान बोकेको गाडीहरुलाई भन्सारमा बिना कारण भन्सार कर्माचारीले रोकेको आरोप लगाए । फलफूल र तरकारीको तौलको विषयमा तरकारी, फलफुल व्यवासायी र भन्सार अधिकृत करवीर गैह्ने विच विवाद भएको छ । 

विवाद भएपछि तरकारी र फलफूल लोड गरिएको सवारी भन्सार कार्यालय भित्रै राखेर व्यवसायीहरु बिरोधमा उत्रिएका छन्। यसभन्दा पहिले तौल नगरी भन्सार हुँदै आएको भए पनि भन्सार अधिकृत करविर गैहे कृष्णनगर आएपछि फलफूल र तरकारी व्यवासायीलाई दुख दिने गरेको तरकारी व्यवसायी अरुण कुमार गुप्ताले जानकारी दिए। 

kw3.jpg

फलफूल तथा तरकारी व्यवसायी र कृष्णनगर भन्सार कार्यालय बीच भएको विवादकाे विषयमा बुझ्न खाेज्दा कृष्णनगर भन्सार कार्यालय प्रमुख र कृष्णानगर भन्सार अधिकृत करवीर गैरेको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।