आइतबार, आश्विन १८ गते २०८३

३० दिनका लागि सरकारले निषेधित क्षेत्र ताेक्याे, प्रदर्शन गर्न नपाइने


मंसिर ५, २०८० मंगलबार
३० दिनका लागि सरकारले  निषेधित क्षेत्र ताेक्याे, प्रदर्शन गर्न नपाइने

काठमाडौं । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ।

हिजाे सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)निकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता भनिएका दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार गर्न लागेको प्रदर्शन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गर्नका लागि निषेध गरिएको छ ।

काठमाण्डाै प्रमुख जिल्ला अधिकारी बस्नेतले दुर्गा प्रसाई पक्ष र युवा संघ पक्षबीच छलफल गर्नुभएकाे थियाे । साे पश्चात जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त निर्णय गरेकाे हो ।

काठमाण्डाै जिल्ल प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
Nishedhagya.jpg