काठमाडौं । तिहार सकिनासाथ देशमा छठ पर्बकाे शुरूवात भएकाे छ । धार्मिक तथा लोकआस्थाको पर्वकाेरूपमा मनाइने गरेकाे याे छठ आजदेखि विधिवत् रूपमा शुरु भएको छ ।
बिशेषतः नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय र बिस्तार हुँदै गएको देखिन्छ ।

चराचर जगतकाे उर्जाकाे अजश्र श्राेत रहेकाे सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ। छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ ।
यस पर्वको प्रारम्भ गर्दा बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दछन् । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। याे छठ पर्व परिवारका सदस्यहरूकाे सुस्वास्थ्य, दीर्घायु तथा कल्याणकाे कामना गर्दै निकै श्रद्धापूर्बक मनाइन्छ ।