आइतबार, आश्विन १८ गते २०८३

टिकटकमाथि प्रतिबन्ध बिराेध र बहसकाे बिषय

कार्तिक २८, २०८० मंगलबार
टिकटकमाथि प्रतिबन्ध बिराेध र बहसकाे बिषय

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक हिजाेदेखि प्रतिबन्ध लगाएकाे छ ।  इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै अरू विभिन्न देशले पनि यसमा प्रतिबन्ध लगाउँदै आएका छन् । नेपालकाे मन्त्रिपरिषद्काे हिजाे बसेकाे बैठकले  नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको समाचार छ । 

याे सामाजिक सञ्जाल टिकटककाे दाेष नभइ बिकृत  र अपाच्य सामाग्रिहरू राख्ने मानिसकाे दाेष भएकाेले कडा नियमन गरेर बिकृति राेक्ने काम गरिनु पदर्छ ।  तर माध्यमलार्इ दाेष दिएर प्रतिबन्ध लगाउनु अभिब्यक्ति स्वतन्त्रतामाथिकाे  राेक  उल्टाे बाटाे हाे भन्न बहस पनि चर्किएकाे छ ।