काठमाण्डौ । हरेक बर्ष १० नाेभेम्बरका दिन शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज याे दिवस मनाइँदैछ ।शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने यसकाे नारा यस दिवसकाे नारा रहेकाे छ । सन् २००१ मा यूनेस्कोले यो दिवसको शुरुवात गरेको थियाे ।

नेपाल सरकारले पनि बिज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारी समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाउँदै समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गि आज एक शुभकामना व्यक्त गर्दै विज्ञान, प्रविधि र आविष्कारको क्षेत्र तथा जनशक्तिको भूमिकालाई सरकारले उच्च महत्त्व दिएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणालीहरू एकीकृत गर्न विद्यमान संरचनाहरुको सशक्तिकरण र सबलीकरण गरी दीर्घकालीन नीति र कार्यक्तमहरु तर्जुमा गर्न सरकार तत्पर रहेको बक्तब्यमा उल्लेख गर्नुभएको छ ।
नेपालपत्र संवाददाता