बुटबल । सामन्ती अधिनायकबादी पञ्चायती कालमा २०३५ सालमा कमरेड पुष्पलालको अस्थु काठमाण्डौ लिएर आउने साहसी र निर्भिक यूवामध्येका एक कमरेड रामचन्द्र चापागाईको आज अपरान्ह बुटबलमा निधन भएको छ । उहा मुटु, मधुमेह, रक्तचाप लगायतका बिभिन्नि रोग लागेर बुटबलमै उपचाररत हुुनु हुन्थ्यो । उहाको आजै अन्तिम संस्कर गर्ने बताइएको छ ।
देशका बिभिन्न कम्युनिष्ट पार्टीम लागेर अनुभव बटुल्नु भएका उहाले अन्त्यम पुष्पलाल अध्ययन मञ्च खोज्नु भएको थियो र त्यसैको सञ्चाचलक हुनुहुन्थ्यो । कम्युनिष्ट अन्दाोलनका बारेमा आफ्ना अनुभवहरु सँगालेको एउटा पुस्तक पनि उहाले लेख्नु भएको छ ।
उहाको असामयिक दुःखद निधनप्रति दुःख ब्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले दिएको शोक बक्तब्यमा उहा एक निर्भिक, सहासी र जोखिम मोल्ने खालको अनुकरणीय ब्यक्तित्व भएको जनाउनु भएको छ ।
बक्तब्यकाे पूर्ण पाठ यस प्रकार छ :
