शुक्रबार, कार्तिक ७ गते २०८३

१ करोड १७ लाखको कारोबार गर्दै सकियो गोदावरी मेला

कार्तिक २०, २०८० सोमबार
१ करोड १७ लाखको कारोबार गर्दै सकियो गोदावरी मेला

 

ललितपुरको जावलाखेलमा गत मंगलवारदेखि जारी गोदावरी फूल मेला आइतबार सकिएको छ । आइतवारसम्म लम्व्याइएको उक्त मेलामा १ करोड १७ लाखको कारोबार भएको छ । आइतवार मेलामा टिकट विक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजगरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ ।

एसोसिएन मुख्य आयोजक तथा पुष्प विकास केन्द्र सह आयोजक रहेको प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको थियो भने सेवा कोकोपिटले प्रयोजन गरेको थियो । प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका थिए । यस गोदावरी फूलको प्रदर्शनीमा ४५ हजार बढिले प्रत्यक्ष अवलोकन गरेको साथै एक करोड १७ लाख बढिको व्यवसायिक कारोबार भएको आयोजकले जनाएको छ ।

आइतबार मेलाको अन्तिम दिन पूर्व उपप्रधान मन्त्री तथा  नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल तथा , ललितपु महानगर पालिकाकी उपप्रमुखले पनि मेला अबलोकन गर्दै ब्यवसायीहरुका समस्याहरुका बारे जानकारी लिएका थिए । 
मेलाको अन्तिमदिन पनि सर्वसाधारण तथा फूल पारखीहरुको बाक्लो उपस्थिती रहेको थियो ।