काठमाण्डौ। राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालद्वारा हिजाे काठमाण्डाै, माइतिघर मण्डलामा प्यालेस्टिनीहरूमाथि भइरहेकाे नरसंहारका बिरूध्द उनीहरूकाे प्रतिराेधप्रति ऐक्यबद्धता प्रदर्शन गर्दै कार्यक्रम आयोजना गरियाे । साे कार्यक्रममा “युद्ध बन्द गर , निर्दाेष जनतामाथि बम बर्षा बन्द गर, गाजा माथिको आक्रामण बन्द गर , गाजा क्षेत्रमा तत्काल युद्धविराम लागु गर , गाजा क्षेत्रको नाकाबन्दी अन्त्य गर , प्यालेस्टाइनी जनताको भूभाग फिर्ता गर , गाजामा इजरायली कब्जा अन्त्य गर , प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गरौं भन्ने नराकासाथ यूएस-बृटिश साम्राज्यबादकाे उक्साहटमा इजरायले चलाएकाे क्रूर नरसंहारकाे बिरूद्धमा पेलेस्टिनी जनताकाे पक्षमा ऐक्यबद्धता प्रकट गरिएकाे थियाे ।

त्यस अबसरम युद्धको चपेटामा परी ज्यान गुमाएका नेपालीहरुको परिवारलाई यथेष्ट क्षतिपूर्ति प्रदान गर लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै र नारा लगाउदै शुरू भएकाे कार्यक्रमा माेर्चका संयाेजक तथा नेकपा (मशाल)का महासचिव क. सन्तवहादुर नेपालीले देशमा भूकम्प आइ दुःखमा परेको बेला पनि हामीले प्यालेस्टाइन जनताको पीडा देखेर सडकमा आई ऐक्यबद्धता जाहेर गर्नु परेको स्पष्ट गर्नु भयो । महासचिव नेपालीले प्यालेस्टानीहरु माथिको नरसंहार तत्काल बन्द गर्नु पर्ने, युद्ध बिराम गर्नु पर्ने, प्यालेस्टाइनहरुको अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने बताउनु भयो ।

उक्त ऐक्यबद्धता प्रदर्शन कार्यक्रममा बाेल्नु हुँदै माेर्चाका नेता तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क.लाेकनारायण सुवेदीले आज नोभेम्बर ४ का दिन बिश्वभरी नै प्यालेस्टेनीहरुमाथि अमेरिका र बृटिश साम्राज्यबादको उक्साहटम इजरायलले प्यालेस्टिनी जनतामाथि गरेकाे बर्ब र नृशंश बम बर्षाकाे बिराेध भइरहेकाे छ भन्नु भयाे । उहाले खाशगरी अहिले प्यालेसस्टिनी बालबालिका, महिला, बृद्धबृद्धा, बिद्यालय, अस्पताल, पानी, दूध र बिजुली प्रदायक संस्थारुमाथि गरेको बर्बर बम आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै तथा गाजामाथि इजरायलको नृशंश अत्याचारका सबै गतिबिधिले सीमा नाघेको र साम्राज्यबाादले सर्बत्र संकट पैदा गर्ने गरेको र समस्याकाे कुनै पनि समाधान गर्न नसकने स्थितिबट गुज्रिरहेको कुरा औल्याउदै यसको जति कडा बिरोध गरे पनि कमै हुन्छ भन्नु भयो । उहाले संयुक्त राष्ट्र संघको जुन दुइ राष्ट्रको प्रस्ताव बिश्वका अधिकांश देशहरुले समर्थन जनााएका छन् त्यस अनुरुप तुरुन्त समस्या समाधान पहिल्याउन र आम नरसंहार रोक्न जोडदार माग गर्नु भयो ।
कार्यक्रमकाे शुरुमा र अन्त्यम पनि पेलेस्टिनी जनताको न्याय र मुक्तिको पक्षम नारा लगाउदै कार्यक्रमको सञ्चालन मोर्चाका केन्द्रिय सदस्य क. पुष्कर गौतमले गर्नु भएको थियो ।

नेपालपत्र संवाददाता