काठमाडौं । मध्यरातमा गएकाे भूकम्पमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जाजरकोट आसपास केन्द्रविन्दु रहेको ६.४ म्याग्निच्युडको याे भूकम्पबाट रुकुम पश्चिममा २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईले २८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले भनेका छन्र, थप विवरणहरु आउँदै छन् ।
जाजरकोटमा पनि भूकम्पबाट ठूलो क्षति हुनपुगेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार, नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको ज्यान गएको हो । क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ ।
नेपालपत्र संवाददाता