काबुलमा तालिबानको नियन्त्रणपछि मध्य एशियाका कयौं देशहरुमा सुरक्षाको चिन्ता बढ्न गएको बिश्लेषकहरु औंल्यइरहेका छन् । यतिबेला तालिबानको हमलाबाट बच्नका लागि अफगान सैनिक र नागरिकहरु छिमेकी ताजिकिस्तान, कजाकस्तान, किर्घिजिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानतिर गइरहेका खबरहरु आइरहेका छन् । अफगानिस्तानमा तालिबानको पुनरोदयपछि मध्य एशियामा चरमपन्थी गुटहरुका नयाँ ठेगानहरु रहेको आशंकाले पनि ती देशहरुमा चिन्ता बढाएको देखिन्छ । यद्यपि सत्तामा आएको तालिबानहरुद्वारा बारम्बार के भनिदैआएको छ भने अफगानिस्तानको धरतीमा आतंकबादी गुटलाई आश्रय दिने या अरु कुनै देशलाई धम्क्याउन उपयोग गर्न दिइने छैन । यो आश्वासन दिइदा दिइदै पनि मध्य एशियाका देशहरु यस कुराको सम्भावनालाई बिश्वास गर्न सकिरहेका छैनन् कि अफगानिस्तान अन्य देशहरुका लागि चरमपन्थी हमलाको केन्द्र बन्ने छैन । उनीहरुमा चरमपन्थी गुटहरुले त्यो पूरै क्षेत्रलाई आफ्नो प्रभाव बढाउनका लागि हिंसा र आतंकको सहारा लिन सक्ने सन्देह ब्याप्त रहेको जानकारहरु बताइरहेका छन् ।
हुन पनि तालिबान आएपछिको पछिल्लो समयमा काबुलमा भएका श्रृंखलाबद्ध बम बिस्फोटनका घटनाहरुले यो सन्देहलाई सत्य साबित गरिदिएका हुन् । अनि अबैध नशालु पदार्थ र हतियारहरुको तस्करी पनि त्यहाँ ठूलो समस्याकोरुपमा रहेको छ । तालिबान फिर्ता आए पछि यो समस्या अझ बढ्न सक्ने बताइन्छ । यसका अतिरिक्त अफगानिस्तानको उत्तरी क्षेत्रमा रहने गरेका ताजिक र उज्बेक शरणार्थीहरुको ठूलो संख्याले मध्यएशियाली देशहरुको नाजुक हुँदै गएको अर्थब्यवस्थालाई प्रभाबित तुल्याउन सक्दछन् । ठूलो संखयामा शरणार्थीहरुको पलायनबाट क्षेत्रीय सन्तुलन बिग्रने पनि आशंका छँदैछ ।
मध्य एशियामा सबैभन्दा चिन्ताजनक स्थिति ताजकिस्तानको रहेको छ । ताजकिस्तानको अफगानिस्तानसँग १३४४ किलोमिटर लामो साझा सीमाना छ । त्यो इलाका अब पूरै तालिबानको नियन्त्रणमा आइसकेको बताइन्छ । यस्तो स्थितिमा यदि अफगानिस्तानमा अस्थिरता बढ्यो भने त्यसको सोझो असर ताजकिस्तानको सुरक्षा ब्यवस्थामा पनि पर्दछ । यद्यपि ताजकिस्तानको अभिन्न मित्र रुसले ताजिक–अफगान सीमानामा सुरक्षाका दृष्टिले ७००० सैनिकको एक टुकडी र १०० सैनिक ट्यांक पठाउने कुरा गरिसकेको छ । अझ अगाडि बढेर रुसले ताजकिस्तानको मद्दतका लागि आफ्ना क्षेत्रका अन्य सहयोगीहरुसँग पनि सम्पर्क बढाइरहेको बताइदैछ । ताजकिस्तान के चाहन्छ भने तालिबान सरकारले तालिक मूलका मानिसहरुको भबिष्यको सुनिश्चितता देओस् । अनि उसको के पनि भनाइ रहेको छ भने अफगान नयाँ सरकारले तालिकहरुलाई सरकारका पनि महत्वपूर्ण जिम्मेवारी देओस् ।
ताजिकिस्तानले यो कुरा पहिला नै शंघाई सहयोग संगठनको बैठकमा पनि उठाइसकेको छ । इतिहास हेर्दा ताजिकिस्तान र तालबबानको सम्वन्धमा सधै खटपटको स्थिति रहँदै आएको देखिन्छ । उसले तालिबानलार्य कहिल्यै पनि राजनीतिकभ शक्तिकारुपमा स्वीकार गर्न सकेको छैन । बिगतमा हि«ंसक तथा आताकबादी गतिबिधिमा संलग्न रहेका कारण ताजकिस्तानले तालिबाबानमाथि प्रतिबन्ध लगाइराखेको स्थिति छ । उता तुर्कमेनिसतानको तालिबानसँग पुरानो सम्वन्ध रहेको छ । काबुलका कब्जा गर्नुभन्दा पहिला र त्यसपछि पनि तुर्कमेनिस्तान लगातार तालिबानको सम्पर्कमा रहेको छ । तथापि तुर्कमेनिस्तानले तालिबानको सत्तालाई लिएर अहिलेसम्म आफेनोदृष्टिकोण प्रष्ट पारिसकेको छैन । अर्कोतिर मध्य एशियाको अर्को देश उज्बेकिस्तानले छिमेकी देशको आन्तरिक मामलिामा हस्तक्षेप नगर्ने र तटस्थ बस्ने कुरा ब्यक्त गरेको छ । उज्बेकिस्तानको तालिबानसँग राम्रो सम्वन्ध रहेको मानिन्छ । बास्तवमा मध्यएशियाली देशहरुको आर्थिक उन्नति र बिसकाको आधार बिशेषगरी अफगानिस्तानको शान्ति र स्थिरतामाथि भर पर्दछ । त्यस क्षेत्रका देशहरुमा प्रचुर मात्रामा प्रकृकित ग्याँस, तले र कोइला जस्ता महत्वपूर्ण खनिज पदार्थहरुको भण्डार उपलब्ध रहेका छन् । तिनले यसकारण दक्षिण एशियालाई एउटा ठूलो बजारको सम्भाबना भएको क्षेत्रकोरुपमा हेर्ने गर्दछन् ।ती देशहरुको बजारको सम्भावनालाई मूर्तरुप दिन अफगानिस्तान प्रबेशद्वारकोरुपमा रहेको छ । यसकारण अफगानिस्तान र तालिबानको स्थितिलाई लिएर मध्य एशियाका देशहरुमा यतिबेला लगातार कुराकानी चलिरहेको छ ।
पछिल्लो समय के कुरा पनि प्रकाशमा आएको छ भने तुर्केमिनिस्तान र उज्बेकिस्तानले तालिबानसँग सिधा सम्पर्क स्थापित गर्ने कूटनीतिक प्रयास पनि शुरु गरिसकेका छन् । परस्पर कुराकानीका क्रममा ती देशहरुले अफगानिस्तानमा शान्ति र स्थिरताको अभावमा उत्पन्न हुने सम्भाबित सुरक्षा खतरालाई लिएर पनि चिन्ता प्रकट गरिरहेका छन् । रुसले पूर्ण भरोसा र बिश्वास दिलाउन खोज्दा खोज्दै पनि तालिबानको फिर्ती तथा अफगानिस्तानमा अलकायदा तथा अन्य आतंकबादी गुटहरुको सक्रिय हुने सम्भावनाले मध्य एशियाका देशहअरुको निन्द्रा उडाउने स्थितिले चिन्ता छ । प्रष्ट छ, यसरी मध्य एशियाको सुरक्षा धेरै हदसम्म अफगानिस्तानको स्थिरतामाथि निर्भर रहेको छ ।वास्तवमा यसरी स्पष्ट छ कि एउटा देशमा अस्थिरत पैदा हूँदा वरिपरीका छिमेकी देशहरु प्रभावित हुने कुरा सर्बत्र देखा पर्ने गरेको छ ।