अनिकालले ग्रस्त अबस्था थियो भारतको। खाद्य पदार्थमा पनि पराश्रित हुनु परिरहेको थियो । त्यसैले कृषि उत्पादनमा ठूलो बृद्धि समयको अपरिहार्य माग थियो । बाहिरबाट खाद्य सामाग्री नआउने हो भने भारतले अझ चर्को अकालको ठूलो समस्या बेहोर्न पर्ने थियो र परिरहेको थियो । अनि त्यो परनिरभरताबाट भारतलाई एउटा अर्को दासताका साङ्ग्लोले बाँध्ने धम्की पनि आइरहेको थियो। त्यस्तो बेलामा भारतीय कृषि बैज्ञानिक स्वामिनाथनको उदय भयो । उनको काम र कदमले भारतको कृषिको खाशगरी खाद्यान्न उत्पादनको तस्वीर नै बदलिदियो । अकालबाट मुक्त हुने र कृषिमा आत्मनिर्भर बन्ने ठूलो परिवर्तन त्यसले ल्यायो ।
त्यसैले भारतमा मनकोम्बु संबाशिवम स्वामिनाथन अर्थात एमएस स्वामिनाथनलाई हरित क्रान्तिका सशक्त बास्तुकार मानिन्छ । उनका लागि हरियो रंग जीवनको रंग थियो । त्यस मान्यताले भारतको भीख माग्ने कटौरा लिएको छबिलाई अन्नले भरिएको कटौरामा बदलिदियो । भाारतीय जानकार समीक्षकहरु भन्ने गर्दछन् – एमएस स्वामिनाथनकाको मनमा जीवन पर्यन्त अर्थात आखिरी सास रहुञ्जेल के धारणा कायम रहिरह्यो भने ‘भोकमरी गरीबीको सबैभन्दा खराब रुप हो’ ।
विचार र विचारधाराका ब्यक्ति स्वामीनाथनले धान र गहुँको धेरै उत्पादन दिने किसिमका बालीको जात बिकास गर्नका लागि अमेरिकाका त्यसै क्षेत्रमा उत्कृष्ट काम गर्दै गरेका साथी नर्मन बर्लग लगायत अन्यसाथीहरुले पनि उनलाई सहयोग गरे । ती उत्कृष्ट कृषि बैज्ञानिहरुको सफल कार्यका लागि त्योभन्दा राम्रो किसिमले सफल हुने उपयुक्त समय अन्य कुन सक्थ्यो र ! किनभने तत्काली भारतका प्रधानमन्त्री लालबहादुर शास्त्री, जसले ‘जय जवान, जय किसान’को नारा दिएका थिए, ले भारतमा आएको ठूलो अनिकाल र खाद्य संकटका बेला जनतालाई एक दिनको भोजन छोड्न या उपबास गर्ने आह्वान नै गर्नु परेको थिये । त्यसैले भारतलाई त्यस्तो खाद्य संकटबाट बाहिर निकाल्ने योद्धा स्वामिनाथनभन्दा अरु ठूलो कप्तान नै को हुन सक्थ्यो र ! प्रत्यक्ष सामुन्नेमा आएको त्यो अनिकालको संकट र चूनौतिको जबाफ दिन केरल बिश्व बिद्यालयकाा पूर्ब बिद्यार्थी स्वामिनाथका लागि कुनै तत्कालै दिने प्रतिकृया पनि थिएन ।
भनिन्छ भारतमा पनि पहिला १९४३ मा आएको मानब निर्मित बंगालको अनिकालबाट स्वामिनाथन पनि धेरै प्रभावित बनेका थिए । त्यो बेलाको अनिकालबाट ३० लाख मानिस काल कलबित भएको करुण र दारुण कथा छ । स्वामिनाथन त्यतिबेला केरल बिश्व बिद्यालयका बिद्यार्थी थिए । त्यस्तो परिस्थितिमा उनले गरीब किसानहरुलाई बढी उत्पादन दिने बालीनाली लगाउन लगाएर मद्दत पुर्याउका लागि कृषि अनुसन्धानको उपयोाग गर्ने मनमनै बिचार गरे । अञ्जान छँदै उनले ती ब्यक्तित्वका दुइ शब्द लागु गर्ने निर्णय लिइरहेका थिए जसले देशको पहिलो प्रधानमन्त्रीकोरुपमा भनेका थिए कि –‘कृषिले प्रतिक्षा गर्न सक्दैन’। यस्तो परिबेशले स्वामिनाथलाई कृषिको उद्धारमा लाग्न उत्प्रेरित तुल्यायो ।
हुन त स्वामिनाथनको राजनीतिसाग कुनै लिनुदिनु थिएन । तर चाँडै नै उनले के महसुश गरे भने कृषिलाई अनिकाल तथा ग्रामीणहरुको आजीबिका दुबैका लागि लड्ने हतियार बनाउनु पर्दछ भन्ने दृढ निश्चयमा उनी पुगे । उनीसँगै काम गर्ने मानिसहरुसँग मिलेर उनले गरेको अथक प्रयासबाट चार बाली मौसममा भारतको कृषि उत्पादन १२० लाख टनबाट बढेर झण्डै दोब्बर भयो २३० लाख टन पुग्यो ।
हुन त उपर्युक्त तथ्यांकको उपाहास पनि गरेको पाइन्छ । तर बास्तविकता के हो भने त्यसले भारतको अन्नमा परनिर्भरतालाई समाप्त पारेको थियो । यस्ता खाद्यान्नको उपयुक्तत र उच्च उत्पादन दिने गहु र धानका नयाँ जाति बिकसित गरेकामा त्यो भूमिकाको सम्मान गर्दै पहिलो पटक बिश्व खाद्य पुरस्कारले सुशोभित गरिएको थियो । यता भारतमा पनि अर्थब्यवस्थालाई सकारात्मक स्थिति परिबर्तन ल्याउने यी बैज्ञानिकलाई म्याग्गासेसे, पद्मश्री, पद्भूषणा तथा पद्मबिभूषण आदिन अनेक सम्मान र पुरस्कारल सम्मानित गरिएको थियो । तर उनका योग्यता भारत रत्नका लागि भने पुगेन भन्ने गरिन्छ ।
जे भए पनि तत्कालीन महत्वपूर्ण र ब्यवहारिकताको कुरा गर्ने हो भने स्वामिनाथनको बिजय बढि उर्बरक(मलखाद) र पानीको अनुप्रयोगकाप्रति उत्तरदायी नयाँ सामान्य उपभेद अर्थात ‘बोट बिरुवाका प्रकार’को क्षमतालाई पहिचान गर्नमा निहीत रहेको मानिन्छ । के स्मरण गरिनु आवश्यक छ भने स्वामिनाथनसँग भारतको पञ्जावमा रहेको ‘भाखडा नाङ्गल ड्याम’ र ‘दामोदर उपत्यका निगम’ को सुबिधा थियो । उनी कृषि बिज्ञानको नबीनतम बिकाससँग अबगत थिए । त्यसको साथै उनको क्षमता पनि थियो, जो भारतको नबीनतम बिकाससँग अबगत पनि थिए । यसका अतिरिक्त उनको क्षमता पनि थियो जसले पूरै देशको बालीनालीको क्षेत्रमा आफ्नो रणनीतिक दृष्टिलई यथार्थमा बदल्नका लागि कर्मचारीतन्त्रको कठोरता र राजनीतिक प्रतिष्ठानको माध्यमबाट काम गर्ने गरेका बैज्ञानिकहरुको समूहका बीच दुर्लभ कुरा थियो ।
हिजोको दारुण अवस्थाको तुलनामा आज भारतीय कृषि क्षेत्र निकै नै राम्रो स्थितिमा पुगेको छ । तर अझै पनि एमएस स्वामिनाथन जस्ता ब्यक्तित्व जसले राष्ट्रका लागि एउटा निर्दिष्ट मिशन लिएर उत्सहकासाथ रणनैतिक उदेश्यले काम गर्दछ त्यस्तो ब्यक्तित्वको अभाव भारतीयहरुले महसुश गरिरहेका छन् । भारत बुझेका ज्ञाताहरु ङ्गभनिरहेका पनि छन् कि कसैले पनि सी.सुब्रमण्यम र बिशीव रामकृष्णन जस्ता मन्त्री र कर्मचारीलाई तिनको हक दिनु पर्दछ जसले बैज्ञानिक राय सुझावलाई महत्व दिन्थे र साहसिक निर्णय लिन सक्तथे । भारतमा बोर्लगको मेक्सिकन गहुको १८००० टन बिउ आयत गर्नु यस्तो निर्णय थियो जसको उल्लेख गर्नै पर्ने हुन्छ भन्छन् भारतीय ज्ञाताहरु । स्वामिनाथन त अब रहेनन् तर उनको बिचार र उत्साह अल्पपोषणदेखि लिएर पर्याबरणीय क्षरण तथा ग्लोबल वार्मिङ्ग जस्ता चर्किदै गरेका चूनौतिहरुको सामना गर्न र समाधान निकाल्न उपयोगी छन् भनेर उनीहरु लागेका छन् । हुन सक्छ स्वामिनाथनका कयौं सपनाहरु किसान र राष्ट्रको हितमा अझै अधूरै रहेका होलान्, कतिपय समस्या समाधान खोजिए पनि तिनको सही कार्यान्वयन हुन नसकेको होला तर स्वामिनाथनले जे जति गरे त्यो अबिस्मरणीय र उपयोगी छ । उनले उठाएको कृषि उत्पादनमा परिबर्तनको जुन मशाल छ त्यो अघि बढाउन आजका यूवाको काँधमा आएको छ । अनिकाल र आयातमा अल्झेको भारतलाई आत्मनिर्भर र खाद्यान्न निर्यातमा जुन ४० प्रतिशतको योगदान दिएको छ त्यसको पूरै श्रेय स्वामिनाथन र उनको समूहलाई जान्छ भनेर बिज्ञ भारतीयहरु औंल्याइरहेका छन् । आज पनि जलवायु परिबर्तन र घट्दो संसाधनहरुको अत्यन्तै ठूलो चूनौति सामुमा छ । स्वामिनाथले यसको पूर्बाभास पनि गरेका थिए र कृषिमा एउटा ‘निरन्तर क्रान्ति’को परिकल्पना गरेका थिए, जसले पर्यावरण र इकोसिस्टमलई नबिगारिकन उत्पादकत्वमा सुधार ल्याएर यसलाई पूरा गर्न सकिने उनको दूर दृष्टि थियो । त्यसको अनुपालन कृषि बिश्वका लागि अति आवश्यक छ ।