एजेन्सी । शुक्रवार बिहान पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ । त्यस घातक विस्फोटमा परे अरू थप ५० जनाभन्दा धेरै घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।
पैगम्बर मोहम्मदको जन्म दिनमा इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै त्यो विस्फोट भएको हो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले विष्फोट गराएका बताउँदै यसको निन्दा गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
पााकिस्तानमा यसरी पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।