आइतबार, आश्विन १८ गते २०८३

अहिलेसम्म ३४ स्वर्ण सहीत एशियाड खेलकूदमा चीन अपराजित यात्रामा

आश्विन ८, २०८० सोमबार
अहिलेसम्म ३४ स्वर्ण सहीत एशियाड खेलकूदमा चीन अपराजित यात्रामा

हाङ्झाउ । एशियाड खेलकूद आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।

यसमा पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङमा १ गरी ३४ स्वर्णसहित ६० वटा पदक हात पारेको छ ।

खेल पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले ८ स्वर्ण, ८ रजत र ११ वटा कास्य पदक जितेको छभने दक्षिण कोरियालाई पछ्याउँदै जापानले ५ स्वर्ण, १२ रजत र ११ वटा कास्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

तेश्राे रहेकाे ज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ४ कास्यमा चित्त बुझाएको छभने ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित पदक तालिकामा पाँचौ स्थानमा रहेको छ ।

सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ वटा रजत र ६ वटा कास्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ ।