बेइजिङ । चीनको औपचारिक भ्रमणका लागि आज बेइिजङ्ग पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति शी चिनपिङ्गका बीच आजै शनिबार चीनको हाङ्चाओ शहरमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको त्याे शहर पुग्नुभएको थियाे । त्याे शहरमा यतिबेला एसियाली खेलकुद आयोजना भइरहेको छ ।

आज हाङ्चाओ पग्नुनभएका प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति शीीले दिवा भोजको आयोजना पनि गर्नुभएको छ ।
त्यसै सहरमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहनुहुने प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र यहाँ चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।