काठमाण्डौं। पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उनी पटक–पटक जेलसमेत परेका अथक याेध्दा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ । फाक्साेकाे क्यान्सर रोगबाट पीडित उनको गएराति काठमाण्डौ वीर अस्पतालमा उपचारका क्रममा निधन भयाे ।
बहुदलीय प्रणालीमा देश गइसके पछि पनि राजनीतिक मुद्दाका कारण केही बर्ष भूमिगत रहेर खुल्ला राजनीतिमा प्रबेश गरेका मायालु २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । त्यस बेला उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । त्यसपछि उनले चुनाव लडेनन् । उनी गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्येका एक हुन् ।
पञ्चयती स्नातक चुनावमा गणतन्त्रकाे कुरा उठाएर चर्चित बनेका रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको बेला मयालु जनवादी मोर्चाको उपाध्यक्ष थिए ।
जनवादी मोर्चाबाटै उनी पछि पुनः नेपाली कांग्रेस प्रवेश गरेका थिए । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गरे । तर पछिल्लो समय उनी नेकपा (माओवादी केन्द्र)केन्द्रप्रति पनि सन्तुष्ट रहेनन् ।
राेगलेग्रस्त र थलापरेके अबस्थामा समेत उनी देश र जनताकाे अबस्थाप्रति चिन्तित थिए । भाद्रकाे दाेश्राे सातामा उनीसँग भेट हुँदा देशले राजनीतिक बिकल्प खाेजेकाे र त्याे अग्रगामी बिकल्प हाे भन्ने कुरा उनले दर्शाएका थिए ।