आइतबार, आश्विन १८ गते २०८३

क. पुष्पलाल जन्म शतबर्षिकी सयवटा बिशेष कार्यक्रमकासाथ

भाद्र ३१, २०८० आइतबार
क. पुष्पलाल जन्म शतबर्षिकी सयवटा बिशेष कार्यक्रमकासाथ

काठमाण्डौ ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा कम्युनिष्ट आन्दोलनका मार्गदर्शक कमरेड पुष्पलालको जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिको प्रथम बैठक काठमाण्डौमा बस्यो । यस जन्म शत बार्षिकी राष्ट्रिय समितिका संयोजक बयोबृद्ध कमरेड कानुन क्याम्पसकाा पूर्ब प्राध्यापक शिव भटराईको अध्यक्षतामा बसेको बैठकले यो जन्म शत बार्षिकीमा साना ठूला गरी सयवटा कार्यक्रममको आयोजना गर्ने गर्ने महत्वपूर्ण निर्णय लिएको छ । 
बैठकमा संयोजक शिब भटराईका अतिरिक्त यस समारोह समितिका सदस्यहरु – कमरेड पुष्पलालका कान्छा भाइ बिजयलाल श्रेष्ठ, बरिष्ठ अधिबक्ता कमल मलेगो, लोकनारायण सुबेदी, भीम सेढाई,शरणबिक्रम मल्ल, महेन्द्र जोशी, रामदुलार महतो, सीता सुबेदी, भूमि ढुंगाना, नरेन्द्रबहादुर तण्डुकार, बद्री अधिकारी, चन्द्रदेब राम, नरेशराज अमात्य, देबी प्रसाद आचार्य, तेजबहादुर मल्ल, शुकदेब चौधरी, प्रबीण जोशी, सन्देश भटराई, सुशील ढुंगाना, ज्योति गिरी, गीता राई, गीता थापा, बरुणा राना, डोमा सेर्पा, नुरजहाँ खातुन, श्यामकुमार मल्ल,सूर्यनारायण दास, हरि राउत, कुमार बिष्ट, मुक्तिनाथ पोखरेल,बिष्णु अधिकारी,कल्पना घिमिरे र रेखा सिजापति समेतको उपस्थिति रहेको थियो ।

Pushpalal Centenary Letterhead PHOTO (2).jpg

बैठकले जन्म शत बर्षिकी बर्षभरी गर्ने कार्यक्रमहरुको रुपरेखामाथि छलफल गर्दै क्यालेण्ड प्रकाशन लकेट निर्माण, स्मारिक(बिशेषांक) प्रकाशन, राष्ट्रिय, प्रदेश स्तरीय र स्थानीय बिबिध कार्यक्रमहरु गर्ने त्यसमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीति, अर्थतन्त्र, सामाजिक संरचना सम्बन्धि बिशेष अन्तर  सम्वाद र  परिसम्बाद, जन बर्गीय संगठनहरुका बिशेष कार्यक्रम, साहित्यिक÷साँस्कृतिकि बार्ता,बिज्ञान बार्ता, बिशेष बृक्षारोपण, स्वास्थ्य शिबिर, रक्तदान, खेलकुद,  जस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्ने निर्णय लिएको छ र यसका लागि आवश्यक उपसमितिहरु बनाएर कार्यारम्भ गर्न थाल्ने बैठकले स्वीकृति प्रदान गरेको छ । 
बिशेषांक स्मारिकाका  लागि कमरेड पुष्पलालको जीवन यात्रा र संघर्षका ज्ञाता बिबिध क्षेत्रका ब्यक्तित्वहरुसाँग बिशेष लेख रचनाहरु संकलन गर्ने समेत बैठकले निर्णय लिएको छ ।