राष्ट्रसंघका महासचिव एन्टोनियो मेनुएल द ओलिभिएरा गुटेरस (१९४९- ) पोर्चुगलको ३० वर्षको रेकर्डमा अत्यन्त सफल र लोकप्रिय पूर्वप्रधानमन्त्री (१९९५–२००२), राजनीतिज्ञ तथा कुटनीतिज्ञ हुन् । आफ्नो देशमा उनी पोर्चुगिज सोसलिस्ट पार्टीका नेता हुन् । पोर्चुगललाई युरोपेली संघको सदस्य बनाउने कार्यमा उनको निर्णायक भूमिका छ ।
क्याथोलिक क्रिस्टियन धर्मावलम्बी उनी एकदशक (२००५–२०१५) सम्म शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त र सोशलिस्ट इन्टरनेशनलका अध्यक्ष (१९९९–२००५) पनि भइसकेका व्यक्ति हुन् । अघिल्ली पत्नी लुइसाको ५१ वर्षमा क्यान्सरबाट निधन (१९९८) भएपछि यिनले हालकी क्याटरिना (१९६०) सँग २००१ मा बिहे गरे । करिब एक करोड ३० लाख जनसंख्या भएको युरोपको सुदूरपश्चिमवर्ति मुलुक पोर्चुगाल विश्वमा उपनिवेश बनाउँदै हिंड्नमा पहिलो मुलुक हो । प्रतिव्यक्ति आय झन्डै २४ हजार डलर भएको, मानव विकास सूचकांकमा ४० औं उत्तम स्थानमा रहेको यो मुलुक विदेशी ऋण धेरै लिनेमा पर्दछ ।
तर आन्तरिक अर्थतन्त्र राम्रै मानिन्छ । यन्त्र तथा उपकरण, विद्युत सामग्री, जहाज निर्माण, प्लास्टिक, सेरामिक, खाद्य, फर्निचर, सिमेन्ट, पेट्रोरसायन, माछामार्ने, पर्यटन आदि उद्यम अर्थतन्त्रका आधारस्तम्भ हुन् । महासचिव गुटेरस आफ्नो राष्ट्रिय भाषा पोर्चुगिजका अतिरिक्त स्पेनिश, अँग्रेजी र फ्रेन्च भाषा पनि बोल्छन् । २०१६ मध्य डिसेम्बरतिर महासचिवको सपथग्रहणका अवसरमा उनले राष्ट्र संघका महत्वपूर्ण प्राथमिकता शान्ति, दिगो विकास र व्यवस्थापनमा प्रकाश पार्दै उक्त भनाई ब्यक्त गरेका थिए । त्यसको खास रुप :“Our most serious shortcoming – and here I refer to the entire international community – is our inability to prevent crises. The United Nations was born from war. Today we must be here for peace.”
साभार : गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम