चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं चिनियाँ राष्ट्रपति शी चिनफिङले हिजाे ९ सेप्टेम्बर शनिबारका दिन वर्कर्स पार्टी अफ कोरिया (डब्लुपिके) का महासचिव तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) को राज्य मामिलाका अध्यक्ष किम जोङ उनलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश पठाउनु भएकाे छ ।कोरियाको श्रमिक पार्टीकाे बलियो नेतृत्वमा र उत्तर कोरियाका जनताको अथक प्रयासबाट विगत ७५ वर्षमा उत्तर कोरियाको समाजवादी निर्माणमा नयाँ उपलब्धि हासिल भएको शीले बताएकाछन्। हालैका वर्षहरूमा कमरेड महासचिव किमले आर्थिक विकास र जनजीविकाकाे सुधारमा ध्यान केन्द्रित गर्दै आठौँ डब्लुपिके महाधिवेशनको भावना र आठौँ केन्द्रीय समितिको पूर्ण अधिवेशनको पूर्ण कार्यान्वयन गर्न डब्लुपिके र उत्तर कोरियाका जनताको नेतृत्वमाा महत्वपूर्ण परिणाम हासिल गर्नुभएको उहाँले बताउनुभयो ।
राष्ट्रपति शीले कमरेड महासचिव किम र डब्लुपिकेको नेतृत्वमा भ्रातृ उत्तर कोरियाका जनताले नयाँ विकासका लागि देशको समाजवादी उद्देश्यलाई निरन्तर अगाडि बढाउने र नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ । चीन र उत्तर कोरिया एउटै हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी भएको उल्लेख गर्दै राष्ट्रपति शलिे चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता दुवै पार्टी र दुवै देशका नेताहरूको अग्रज पुस्ताले स्थापना र विकास गरेको र दुई देशका जनताको हृदयमा गहिरो जरा गाडेको र समयसँगै अझ मजबुत हुँदै गएको उल्लेख गर्नु भएकाेछ ।
आफू र किमबीच हालैका वर्षहरूमा पाँच पटक भेट भएको, विभिन्न माध्यमबाट घनिष्ठ सम्पर्क कायम गरेको र चीन र उत्तर कोरियाबीचको परम्परागत मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धलाई संयुक्त रूपमा नयाँ युगमा प्रवेश गराएको शीले उल्लेख गरेका छन् । एक शताब्दीमा नदेखिने महत्वपूर्ण परिवर्तनहरू विश्वभरि तीव्र गतिमा भइरहेको उल्लेख गर्दै शीले अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र उत्तर कोरियाबीचको परम्परागत मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धलाई कायम राख्न, सुदृढ गर्न र विकास गर्न सीपीसी र चीन सरकारको अविचलित अडान रहेको प्रष्ट पार्नु भएकाे ।
नयाँ परिस्थितिमा चीन उत्तर कोरियासँग रणनीतिक सञ्चारलाई मजबुत बनाउन र व्यवहारिक सहयोगलाई प्रगाढ बनाउन, चीन–उत्तर कोरिया सम्बन्धलाई समयानुकूल अगाडि बढाउन तथा वृहत्तर विकास हासिल गर्नका लागि काम गर्न इच्छुक छ, जसले गर्दा दुई देशका जनतालाई अझ बढी फाइदा होस् र क्षेत्रीय शान्ति, स्थिरता, विकास र समृद्धिमा ठूलो योगदान गर्न सकियोस् भन्ने कुरा शुभकामना सन्देशमा उल्लेख छ ।