आइतबार, आश्विन १८ गते २०८३

जी–२० को आजको बैठकबाट अफ्रिकी यूनियन पनि स्थाइ सदस्य

भाद्र २३, २०८० शनिबार
जी–२० को आजको बैठकबाट अफ्रिकी यूनियन पनि स्थाइ सदस्य

काठमाडाैं ।  दिल्लीमा आजदेखि शुरु भएको जी २० सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा सामेल गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो स्वागत भाषणमा भने, ‘तपाईंहरू सबैको सहमतिमा अबको कारबाही शुरु गर्नुअघि म अफ्रिकी यूनियनका अध्यक्षलाई जी २० को स्थायी सदस्यका रूपमा आफ्नो स्थान ग्रहण गर्नका लागि आमन्त्रित गर्दछु ।’

जी २० समूहमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, रपब्लिक अफ कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका गरी १९ देश आवद्ध छन् । समूहको २०औँ सदस्य युरोपेली संघ हो । अफ्रिकी संघलाई यो संगठनमा स्थायी सदस्य बनाइएपछि अब १९ देश र दुई संघ यसका सदस्य बनेका छ । अब जी–२१ बन्न पुगेकाे छ ।