गए मध्यरातमा माेरक्कोमा ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको बिवरण त्यहाँको आन्तरिक मामिला मन्त्रालयले दिएको छ।
त्यस शक्तिशाली भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यस भूकम्प को गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।
त्यहाँकाे स्थानीय समय अनुसार रातकाे ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो। त्यस भूकम्पको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ।
माराकेस र त्यहाँबाट दक्षिण क्षेत्रमा धेरै मानिसहरूले ज्यान गुमाएका बताइएको छ। एउटा प्रारम्भिक अन्तरिम प्रतिबेदन अनुसरा २९६ जनाकाे मृत्युकाे साथै १५३ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएकाे छ ।
मोरोक्कोको प्रमुख मध्येको शहर माराकेशमा ठूलो क्षति भएको र कतिपय परिवार भग्नावशेषमा पुरिएका विवरणहरू पनि आइरहेकाे बताइएकाे छ ।
उक्त शहरमा अवस्थित राष्ट्रसङ्घ सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेकाे सूचना दिइएकाे छ ।