शनिबार, आश्विन १७ गते २०८३

कृष्णनगर ३मा आंखा शिविरबाट २०‌ जनाको मोतियाबिन्दु सल्यक्रिया


भाद्र २२, २०८० शुक्रबार
कृष्णनगर ३मा आंखा शिविरबाट २०‌ जनाको मोतियाबिन्दु सल्यक्रिया

 शहबाज खान/कपिलवस्तु कृष्णनगर नगरपालिकाको वडा नम्बर ३ मा निःशुल्क आँखा जाँच शिविर सञ्चालनबाट १५४ जनाको आंखा जांच भएको छ ।जसमध्यऐ २०जनालाई मोतियाबिन्दुको सल्यक्रिया (आपरेशन) गर्नाको लागि छन्द(कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंज लगेका छन र १३४ जनालाई चेक जांच गरि औषधी वितरण गरेको आयोजकले जनाएको छ।

Ankha2.jpg

कृष्णनगर नगरपालिका वडा ३को आयोजना तथा छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको प्रविधीक सहयोगमा नि:शुल्क आंखा जांच तथा सल्यक्रिया (आपरेशन) कार्यक्रम संचालन भको आंखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताएका छन।

salyakriya.jpg

वडा अध्यक्ष सगिर अहमद खाँले यस आँखा शिविरबाट आम नागरिकले सहज रुपमा सेवा लिन सफल भएको बताए। उनले आँखा जस्तो संवेदनशील अङ्गमा समस्या कारण बृद्धबृद्धाहरुलाई हिँडडुल गर्न गाह्रो भएको बताउँदै अब उहाँहरुलाई आँखाको शल्यक्रिया पश्चात् सहज हुने जानकारी दिए । यसरी नै जनताहरुको सेवा सधैँ आफु खटिरहने वडा अध्यक्ष खाँले प्रतिबद्धतासमेत उनले जनाए ।