महोत्तरी । बर्दिबास गौरीडाडा ठाडोटोल निवसी तथा काठमाण्डौमा कार्यरत नेपाल कम्युनिष्ट पार्टीका यूवा केन्द्रिय सदस्य रोहित कोइरालाकी ममतामयी माता गीता कोइरालाको अल्पायुमै दुखद निधन भएको खबर कमरेड रोहितले आफ्नो स्टाटसबाट सम्प्रेपण गर्नु भएको छ । दिबंगत माताको जन्म २०३२ सालमा भएको थियो भने देहाबसान २०८० भाद्र २० गते राती करीब १ बजे भएको थियो ।
यस दुःखद घडीमा एक शाेक बक्तब्य दिनु हुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले दिबंगत माताप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त उहाँका पति गोबिन्द कोइराला, छोरा रोहीत कोइराला र एक मात्र छोरी तथा अन्य शोकाकुल आफन्तजन तथा इस्टमित्र सबैमा गहिरो समवेदना प्रकट गर्नु भएकाे छ ।
ना ।