काठमाण्डाै ।आज एक पत्रकार सम्मेलनका बीच रिपोर्टर्स क्लब भृकुटी मण्डपमा दिउसो अपराह्न राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको अवधारणा - पत्र ,नीति र कार्यक्रम तथा कार्यबिधी सहित घोषणा गरीयो।कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड लोकनारायण सुवेदी र अध्यक्षता मोर्चाका संयोजक स्वतन्त्र वामपन्थी नेता कमरेड नारायण शर्माले गर्नु भएकाे थियाे । उपस्थित सबै पत्रकार तथा सहभागीहरुमा स्वागत अभिबादन गर्दै कार्यक्रमकाे संक्षिप्त बिषय प्रबेश नेकपा (मशाल ) का वरिष्ठ नेता तथा पोलिट्ब्युरो सद्स्य कमरेड कृष्ण पौडेलले गर्नु भएको थियो। बक्ता नेताहरूले प्रतिगमन र साम्राज्यबाद बिरूद्ध संघर्ष केन्द्रित गर्ने बताएका छन्

कार्यक्रममा नेकपा (रातो तारा ) का महासचिव क.लक्ष्मण उप्रेती र पिबिएम . भोजराज खनाल र केन्द्रिय सदस्य क. सुशील भट्ट्राइ ,नेकपा मार्क्सबादी पुष्पलालका अध्यक्ष क. मानध्वज गुरुङ,जन समाजवादी मञ्न्चका संयोजक क. भुमी देवकोटा,प्रतिरोध अभियानका संयाेजक क. शैलज पाैडल, क. संगीतश्रोता र क. ललितजन रावल, मार्क्सवादी तथा पुष्पलाल विचार मञ्का संयोजक क. उदयराज अधिकारी र क. महेश्वर श्रेष्ठ ,नेकपाका सचिव महेन्द्र जाेशी, काेषाध्यक्षा सीता सुबदेी सचिवालय सदस्यहरू भूमि ढुंगाना र नरेश अमात्य, केन्द्रिय सदस्यहरू देबीप्रसाद अाचार्य,क सुशील ढुंगाना, क. सन्देश भटराइ र श्यमकुमार मल्ल, नेकपा (मशाल)का नेता ओपेन्द्र शर्मा, महिला नेता कमरेड सुर्या थापा,स्वतन्त्र युवा कम्युनिस्ट कमरेड पुष्कर गौतम, बाम बुद्धिजीवी प्राध्यापक डा. मोहन खतिवडा,मार्क्सबादी एकता अभियानका संयोजक डा.शम्भु कट्टेल ,क्रान्तिकारी मोर्चा नेपालका संयोजक बिष्णु खडका, बामपन्थी नेता किसन शर्मा गैरे,राष्ट्रिय जन सरोकार ,नेपालका संयोजक रामकुमार लामा,यशु चौलगाइ ,बाबुराम अधिकारी, बैज्ञानिक समाजबादी माेर्चाका केन्द्रिय सदस्य लाेकेन्द्र जेराे किराती, नागिर अभियन्यूता टेकहादुर बिश्वकर्मा, नेपाल सम्बृध्दि पार्टीकी संयाेजक क. भगवती लुहागन लगायत बिभिन्न नेता ,अभियन्ताहरुको उपस्थिति रहेको थियो।

कतिपय घकटका सहभागी हुने नेता कमरेडहरू बिमारी परेर र कतिपय नेपाल बाहिर भएर पनि उपस्थित हुन सक्नु भएन । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले उठाएका बिभिन्न प्रश्नहरूकाे उत्तर कार्यक्रम सञ्चालक क. लाेकनारायणा सुबेदीले दिनु भएधकाे थियाे । कार्यक्रमकाे शुरूमा देशकाे सामन्तबाद तथा साम्राज्यबाद बिराेधी संघर्षमा शहादतत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति एक मिनेट माैन धारण गरेर उच्च सम्मान प्रकट गरिएकाे थियाे भने संघर्षका बेला बेपत्ता र घाइते बनाइएका याेद्धाहरू तथा संघर्षका मार्गदर्शक गुरूहरूप्रति बक्तब्यद्वारा उच्च सम्मान प्रकट गरिएकाे थियाे माेर्चाले भाेली दिउसाे १ बजेदेखि बैठक बस्ने र अहिलेसम्मकाे कार्यक्रमकाे समीक्षा गर्नुका साथै भावी कार्यक्रमकाे रूप रेखा तयार गर्ने बताइएकाे छ ।
