भियतनामी स्वतन्त्रता दिवसकाे स्मरण
सेप्टेम्बर २ भियतनामी जनताको मुक्ति दिवस । यस दिनले म भियतनामी क्रान्तिकारी मार्क्सबादी आदरणीय नेता हो चि मिन्हलाई स्मरण गराउँँदछ । उहाँको नेतृत्वमा साम्राज्यबाद बिरुद्ध भिषण युद्ध लड्ने महान भियतनामी जनताको सौर्यको सम्झना गराउँदछ । त्यो साम्राज्यबाद बिरोधी युद्धको बेला सारा संसारभरी भियतनामी जनताको न्यायपूर्ण युद्धको समर्थन र अमेरिकी साम्राज्यबादको बिरुद्धमा एउटा नारा गुञ्जिएको थियो ः ‘तिम्रो नाम मेरो नाम ः भियतनाम भितनाम’
जतिबेला भियतनाम बिश्व साम्राज्यवादी शक्ति अमेरिकाका बिरुद्ध भिषण राष्ट्रिय मुक्ति आन्दोलनमा सम्पूर्ण शक्तिकासाथ लडिरहेको थियो त्यसबेला एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका अतिरिक्त यूरोप र अमेरिकामा समेत भियतनामी जनता र उनीहरुको न्यायपूर्ण युद्धको पक्षमा काका हो चि मिन्हको समर्थनमा सारा बिश्वमा यो नारा लागेको थियो
त्यो भियतनामी जनता र राष्ट्रको मुक्तिका निमित्त अथक रुपमा लड्ने र नेतृत्व गर्ने महान नेता थिए कका हो चिमिन्ह देश र जनताप्रति खाशगरी सर्बहारा श्रमजीबी बर्गको मुक्ति र समुन्नतिका निमित्त अत्यन्तै उच्च निष्ठा,आदर्श, त्याग र नैतिकताकासाथ समर्पित एक अतुलनीय भियतनामी नेता थिए हो चि मिन्ह । उनकै नेतृत्वमा भएको भिषण संघर्षमा भियतनाममाथि नापाम बम बर्षा गर्ने र भियतनामलाई क्षत बिक्षत पार्न उद्यत शक्तिशाली अमेरिका भियतनामबाट भाग्नु परेको थियो । ती भियतनामी जनताका नेतालाई सबैले श्रद्धापूर्वक ‘काका हो’ भनेर प्यारो सम्वोधन गर्ने गर्दथे ।

बिश्व प्रसिध्द भियतनामी कम्युनिष्ट नेताको जन्म दिन १९ मे १८९०मा भएकोथियो । लेनिनको नेतृत्वमा बिश्वको पहिलो समाजबादी क्रान्ति १९१७ सम्पन्न हुँदा उनी भर्खर १७ बर्ष पुगेका थिए । उनले भनेका थिए हामी हजार बर्ष बाह्य हस्तक्षेप अर्थात साम्राज्यबादका बिरुद्ध लड्यो, परिआयो भने अर्को हजार बर्ष पनि लड्ने छौ । यो हो चि मिन्हको हुँकारले भियतनामी जनतालाई उठाउन, जगाउन र साम्राज्यबाद बिरुद्ध अघि बढाउन ठूलो उत्साह र प्रेरणा दियो । होप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धा सुमन ! अमर छन् काका हो ! महान नेता तथा सादा जीवन र उच्च बिचारका एक जीबन्त प्रतिमूर्ति काका हो चिमिन्हबाट सिकौं ! भियतनामी स्वतन्त्रता दिवस सेप्टेबर २ लाई उच्च सम्मान गरौं, देश, जनता तथा स्वाधीनता र स्वतन्त्रताका लागि अबिचलितरुपमा अग्रसर होऔं ! साम्राज्यबाद बिरोधी बीर भियतनामी जनताको सही नेतृत्व गर्ने उच्च आदर्शले ओतप्रोत काका हो चि मिन्हलाई सलाम !