नेपाली किसान र कृषिका समस्या तथा राष्ट्रिय हितका लागि लामाे समयदेखि संघर्षरत चार किसान सगठन - अखिल नेपाल किसान महासंघ अप्फा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले एक संयुक्त बक्त्य निकाल्दै राष्ट्रघाती एमसीसी लागु गर्नु नहुने र याे फिर्ता गरिनु पर्ने जाेडदार माग गरेका छन् । उनीहरूले यस्ताे राष्ट्रघाती सम्झाैताका बिरूद्ध यसकाे शुरूवातदेखिनै नेपाली जनताकाे ब्यापक बिराेध रहँदा रहँदै नाटकीय किसिमले संसदले पारित गरेकाे कुरा उल्लेख गर्दै यसलार्इ कार्यान्वयन गर्न नदिन ब्यापक संयुक्त संघर्ष उठाउन नेपाली किसानहरू यसका बिरूद्ध रहेका सबै शक्तहरू एकाकार भएर अघि बढ्नका लागि समेत अपिल गरेका छन् ।
संयुक्त बक्तब्यमा भनिएकाे छ :
नेपालको राष्ट्रिय स्वाधीनता, सार्बभौमिकता,संबिधान र असंलग्न परराष्ट्र नीतिको मर्म र भावना बिपरीत रहेको अपमानजनक एमसीसी सम्झौताका बिरुद्ध नेपाली जनताका बिभिन्न तह र तप्काका सचेत जन समुदायको ब्यापक बिरोध हुँदाहुँदै ब्याख्यात्मक टिप्पणीको पर्दा हालेर पारित गरिएको राष्ट्रघाती त्यो एमसीसी सम्झौताका बिरुद्ध अहिले पनि नेपाली किसानको सचेत तप्का सहीत ब्यापक असन्तोस र बिरोध ब्याप्त छ ।
यस परिप्रेक्षमा बिद्यामान राष्ट्रब्यापी असन्तोषका बीच त्यस्तो अपमानजनक सम्झौता लागु गर्न र नेपाललाई बाह्य शक्तिको खेल मैदान बनाउने स्थान दिन खोज्नुले आफ्नो अस्तित्वदेखि बर्तमानसम्म बाह्य शक्तिको प्रत्यक्ष उपनिवेश बन्न नपरेको नेपाल र नेपाली जनतालाई पराधीनताको पासोमा पार्ने तारतम्यमा फँसाउँँदै लगिएको प्रष्ट देखिन्छ ।
अतः नेपाल नेपालीको मान मर्दन गर्ने, छिमेकी देश सहीतको नेपलको पररष्ट्र सम्वन्धमा खलल पुर्याउने र अन्ततः नेपाललाई युद्ध मैदानमा परिणत गर्ने यो सम्झौता ससम्मान फिर्ता गराउन हामी ४ किसान संगठनहरु जोडदार माग गर्दछौं । अन्यथा साम्राज्यबाद बिरुद्ध, नेपाली िजनताका अन्य तह र तप्काका संघर्षशील जन समुदायसँगै हामी पनि एकाकार भएर जानुको कुनै बिकल्प नरहने कुरा प्रष्ट छ ।
संयुक्त बक्तब्यमाा चार किसान संगठनका नेताहरू भैरबराज रेग्मी, सीताराम तामाङ्ग, रामदुलार महताे र दुर्गाप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।
Enter