भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कमरेड नाराायणमान बिजुक्छेले देशमा कम्युनिष्ट आन्दोलनलाई पुनः जगैदेखि उठाउन पर्ने चूनौति सिर्जना भएको र त्यसलाई सार्थक किसिमले यथार्थमा परिणत गर्न बिश्व र नेपालका बिगतका अनुभवहरु, सबलता र दुर्बलताहरु, क्रान्तिकारी परम्परा र गैर क्रान्तिकारी परम्पराहरुको गहिरो र गम्भीर अध्ययन, अनसुन्धान गरिनु पर्ने, र असल परम्पराबाट सिक्नुपर्ने बताउनु भयो । त्यसो नगरीकन बर्तमान नारम्राेसाँग बिग्रेको स्थिति कसरी बिकसित भयो भन्ने कुरा उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई मूल्य माान्यताबिहीन सत्ता र स्वार्थको माध्यम बनाउने काम भयो, बिदेशमुखी बनाउने काम भयो त्यसलाई चिर्न संघर्षशील बन्न जरुरी छ भन्नु भयो । उहाँले एमसीसी जस्तो खतरनाक राष्ट्रघाती सम्झौताले नेपाललाई साम्राज्यबाद पोल्टामा हालेको र त्यसका बिरुद्ध तलैबाट संघर्ष उठाउन पर्ने आवश्यता पनि औल्याउनु भयो । कुराको सिलसिलमा उहाँले तलैदेखि आन्दोलन उठ्दै गए पछि यसले एकीकृत हुँदै र संयुक्त राष्ट्रिय रुप लिदै जाने बिश्वास पनि ब्यक्त गर्नु भयो ।

राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमन बिरोधी संघर्षका लागि निर्माण हुँदै गरेको राष्ट्रिय क्रन्तिकारी मोर्चामा आवध्द हुँदै गरेका बिभिन्न राजनीतिक दल र स्वतन्त्र ब्यक्तित्वहरु सम्मिलित सार्बजनिक हुन लागेको राष्ट्रिय क्रान्तिकारी मोर्चाको एक प्रतिनिधि मण्डलले हिजो अपरान्ह भक्तपुरमा उहाँसँग सामहीक भेटघाटका बेला रोहितले उक्त कुरा ब्यक्त गर्नु भएको हो । मोर्चाले आफ्नो सार्बजनिक गरिन लागेको मोर्चाको घोषणपत्र पनि उहालाई दिदै एमसीसी लगायतको बाह्य हस्तक्षेपको बढ्दो खतरा र प्रतिगमन बिरुद्ध एकीकृत संयुक्त आदोलनका लागि राष्ट्रिय पहल गर्न पनि उहालाई बिशेष आग्रह गरेको थियो ।

प्रतिनिधि मण्डलमा नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष क. लोकनारायण सुबेदी, मोर्चाका क. संयोजक नारायण शर्मा, नेकप((रातो तारा)का महासचिव क.लक्षमण उप्रेती र पीबीएम क. भोजराज खनाल तथा पुष्पलाल ज्ञानशालका संयोजक क. ललितजन रावल सम्मिलित हुनु हुन्थ्यो ।

भेटघाटको अबसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रदेश सांसद सुरेन्द्रराज गोसाईको पनि उपस्थिति रहेको थियो । नगर प्रमुखले भक्तपुर नगर पालिकाले गरेका बिभिन्न प्रगतिको संक्षिप्त बिवरण सुनाउँनु हुँदै जनताको शिक्षा र स्वास्थ्यका लागि नगरपालिकाले महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढाएको र नगरपालिका सकेसम्म जनताको सेवामा समर्पित रहेको तथा त्यसको बिभिन्न क्षेत्रबाट प्रसंशा पनि भइरहेको कुरा अबगत गराउनु भएको थियो ।