काठमाण्डाै । पर्सिदेखि समाजशास्त्रीहरूकाे एउटा अन्तराष्ट्रिय सम्मेलनमा नेपाल समेत भारत, चीन, बेलायत, जापान, नर्वे, अमेरिका लगायतका ५० भन्दा बढी देशका दुइ सयभन्दा बढी समाजशास्त्रीहरु कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित लुम्लेमा भेला हुने बताइएकाे छ ।
याे सम्मेलन नेपालका समाजशास्त्रीहरुको व्यावसायिक संस्था नेपाल समाजशास्त्र सङ्घको आयोजनामा लुम्लेमा हुन लागेको हाे । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि समाजशास्त्रीहरु नेपाल आउन लागेका हुन्।
यही भदौ महिनाको १५, १६ र १७ गते क्षेत्रीय कृषि अनुसन्धान केन्द्र कास्की लुम्लेको सभा हलमा हुने कार्यक्रममा ५० भन्दा बढी देशका समाजशास्त्रीहरुले आ-आफ्नो मुलुकको तर्फबाट कार्यपत्रहरू पनि प्रस्तत गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ।
यस सम्बन्धमा नेपाल समाजशास्त्र सङ्घका अध्यक्ष प्राध्यापक डा. गणेशमान गुरुङले भनेका छन् - 'नेपालमा सुशासन र सामाजिक रूपान्तरणसम्बन्धी यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली समाजको अध्ययन अनुसन्धान र विश्लेषणका साथै समाजशास्त्रको अभिवृद्धि गर्ने गरी कार्यक्रम सञ्चालन हुनेछ'।
कार्यशालामा समाज विज्ञानका स्वदेशी तथा विदेशी विद्धानहरुबाट नेपालमा २०४६ देखिको राजनीतिक परिवर्तन, आन्दोलन, माओबादी जनयुद्ध तथा जनआन्दोलन र अन्य सामाजिक आन्दोलनको विकास प्रक्रियाबारे छलफल, विश्लेषण गर्न मञ्च प्रदान गरिने बताइएकाेछ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामीण विकास विभागसँगको सहकार्यमा हुने उक्त कार्यक्रममा राज्य पुनः संरचना र त्यसले पारेका प्रभावहरूबारेमा छलफल छलफल हुनेछ।
नेपालमा सुशासनकाे अभाव रहेकाे भ्रष्टचार ब्याप्त भएकाे अनेक भयावह काण्डहरू सार्बजनिक भइरहेकाे बेला सुशासनमा केन्द्रित हुने भनिएकाेा याे समाजशास्त्रीहरूकाे सम्मेलनके कत्तिकाे दृष्टि पुग्ने हाे प्रतिक्षाकाे गम्भीर बिषय छ ।