शनिबार, आश्विन १७ गते २०८३

पहिराे खस्दा पुनः नागढुंगा-नाैबिसे सडक अबरूध्द, यात्रुहरू सकसमा

भाद्र १४, २०७८ सोमबार
पहिराे खस्दा पुनः नागढुंगा-नाैबिसे सडक अबरूध्द, यात्रुहरू सकसमा

धादिङ । नागढुंगा–नौबीसे सडक खण्डमा गएराती पहिरो जाँदा पुन सडक अवरुद्ध भएको छ । आइतबार बिहान गएको पहिरो हटाएको  ७ घण्टापछि सुचारु  भएको उक्त  सडक खण्डमा फेरि पहिरो जाँदा नागढुङ्गा–नौबीसे  राजमार्ग अन्तर्गत काठमाडौ चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा गएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । लगातार तीन दिनदेखि परेको अविरल वर्षाको कारण बिहान ५ बजेर ४५ मिनेटको समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको  बताइएकाे छ । नेपालको मूख्य नाकामा पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुसमेत समस्यामा परेका छन् । अहिले धेरै  लामो जाम रहेको छ भने पहिरो हटाउने कार्य भैरहेको थानकोट  प्रहरीले जनाएको छ ।