आइतबार, आश्विन १८ गते २०८३

पाकिस्तानमा केबल कारमा फँसेका सबै यात्रुको उद्धार

भाद्र ६, २०८० बुधबार
पाकिस्तानमा केबल कारमा फँसेका सबै यात्रुको उद्धार

पाकिस्तानी सुरक्षा बलले पर्वतीय उपत्यकामा माथि झुण्डिएको केबलकारबाट केही युवा विद्यार्थीसहित आठ जनालाई उद्धार गरेको जनाएको छ ।
खैबर पख्तुनख्वा प्रान्तको बट्टाग्राम जिल्लाको अल्लाईमा रहेको नजिकैको विद्यालयमा १० देखि १५ वर्षउमेरसमूहका बालबालिकासहित ती विद्यार्थीहरु  बिहान त्यसमाा बिद्यालय जाँदै गर्दा कारका दुईवटा तार फुटेका थिए । यात्रु र तिनका परिवारले तत्काल सहयोगका लागि अपिल गरेका थिए ।सोसल मिडियामा पोस्ट गरिएको एक भिडियो क्लिपमा एक व्यक्तिलाई हेलिकप्टरमा जडित डोरीले सुरक्षित स्थानमा उठाएको देखिएको छ ।

तर अँध्यारो हटेपछि हेलिकप्टर सञ्चालन बन्द गरिएको र अझै फसेकाहरूको उद्धारका लागि जिप लाइनको प्रयोग गरिएको पाकिस्तानी सेनाले जनाएको छ ।त्यो केबल कार पहाडी उत्तरी क्षेत्रका बासिन्दाहरूको लागि यातायातको नियमित माध्यम हो। दैनिक करिब ४०० देखि ५०० जना  मानिस आवतजावतका लागि त्यसको प्रयोग गर्छन् ।

तर यस्ता स्थानीय स्तरमा निर्मित लिफ्टहरू, सामान्यतया पेट्रोल वा डिजेल इन्जिनद्वारा संचालित, निजी स्वामित्वमा छन् र तुलनात्मक रूपमा तदर्थ निर्माणतर्फ उन्मुख छन्।

डरः एक यात्रुले एक स्थानीय टेलिभिजन समाचार नेटवर्कलाई बताए अनुसार उनी र अन्य यात्रीहरू खाना र पानी बिना छ घण्टाभन्दा बढी समयदेखि त्यसमा फसेका थिए। उनका अनुसार मुटुको समस्या भएका एक बालक आत्तिएर बेहोस भएका थिए । “मेरो मोबाइल फोनको ब्याट्री चाँडै कम हुँदै गएको छ,“ उनले जानकारी दिदै भने।