काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम हिजाे संसदीय बिशेष समितिकाे सुनवाइपछि सर्वसम्मत अनुमोदन गरेकाले उनी देशकाे प्रधान न्यायाधीश हुने भएका छन् ।
यस पछि राष्ट्रपतिले उनलाई नियुक्त गर्ने छन् र उनले कार्यभार सम्हाल्नेछन् ।संसदीय सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए।
बिश्वम्भरप्रसाद श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गर्दै न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पृष्ठको योजना पेस गरेका छन् ।अब श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।
२०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरका हुन् ।
उनी २०७३ साल साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।उनले २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन् ।