काठमाडौं । भारतले आन्तरिक बजारमा तरकारी महँगिँदा प्याजको निर्यातमा ४० प्रतिशत शुल्क लगाएको छ । आजै २०८० भाद्र ३ गते आइतबार आर्थत २० अगस्ट २०२३ देखि लागु हुने गरीर भारतको अर्थ मन्त्रालयले तत्कालदेखि आउँदो डिसेम्बर ३१ सम्म लागु हुने गरी प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको हो ।
विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता भारतले तोकेको भन्सार शुल्कले नयाँ दिल्लीको आउँदो निर्वाचनअघि स्थानीय मूल्य घटाउन मद्दत गर्ने ठानिएको छ ।
यससँगै भारतबाट आयात गर्ने नेपाललगायत मुलुकमा अब भने प्याजको मूल्य बढ्नेछ । निर्यातमा लगाएको शुल्कले भारतीय प्याज पाकिस्तान, चीन र इजिप्टको भन्दा निकै महँगो हुने बताइएकाे छ ।