शनिबार, आश्विन १७ गते २०८३

'भैरब दाइ' काे लाेकार्पण गएकाे शनिवार मानसराेबरमा भयाे


श्रावण ३०, २०८० मंगलबार
'भैरब दाइ' काे लाेकार्पण गएकाे शनिवार मानसराेबरमा भयाे

वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता तथा राजनीतिकर्मी  भैरव रिसालको जीवन–भोगाइ समेटिएको पुस्तक ‘भैरव दाइ’ प्रकाशनमा आएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर घोष्ट राइटिङ्गद्वारा आयोजित कार्यक्रमका बीच गएको श्रावण २८ गते  शनिवार अपरान्ह मानसरोबर पार्टी प्यालेसको सभा कक्षमा खचाखड भीडका बीच उक्त पुस्तक लोकार्पण गरिएको थियाे ।

पुस्तकमा रिसालका निकै रोचक लाग्ने ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्नँ म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायतका अनुभूतिहरू आदि समेटिएका छन् ।

lokarpan.jpg

पुस्तक लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि मानवअधिकारकर्मी बरिष्ट जेष्ठ नागरिक गौरीशंकरलाल दासले पुस्तकले भैरवको जीवनलाई उजागर गरेको जनाउँदै उहाँले जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको उल्लेख गर्नु भयाो । अधिकारकर्मी दासले भैरव रिसालसँगको अनुभूति स्मरण गर्दै भन्नु भयो, ‘म र भैरव भाइले सँगसँगै काम गरेका थियौँ, हाम्रो पुरानो सम्बन्ध छ । पुस्तकमार्फत उहाँले जीवनको भोगाइ समेट्नुभएको छ ।’

वरिष्ठ पत्रकार रिसालले जसले ज्येष्ठ व्यक्तित्वबाट पुस्तक लोकार्पण गराउनु भएको थियो, भन्नु भयाे – मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तै हाे । बाेल्ने क्रममा उहाँले 'जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने' कुरामा बिशेषा जोड दिनुभयो । आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको उहाँको भनाइको सारांश  थियो ।

Bhairabdai lokarpan.jpg

लाेकार्पण कार्यक्रममा अतिथिहरू गिभार्णनाथ अर्याल र  दलित अभियन्ता रमा बादीले पनि बाेल्नु हुँदै रिसालजीकाे जीवन र कर्म बारे प्रकाश पार्नु भएकाे थियाे । 

घाेष्ट राइटिङ्गका सञ्चालन कमल ढकालले स्वागत मन्तब्य दिनु भएकाे त्यस कार्यक्रमकाे सञ्चालन घाेष्टराइटिङ्ग कै सहकर्मी तथा नबाेदित साहित्यकार सिर्जना शर्माले गर्नु भएकाे थियाे । कार्यक्रममा समाजका बिभिन्न क्षेत्रका महानुभवाहरूकाे उपस्थिति रहेकाे थियाे ।