अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको भीषणा डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ जना पुगेको बीबीसीले जनाएकाे छ । जङ्गलाको आगो बस्तीसम्म फैलिँदा ९३ जनाको ज्यान गएको र कैयौँ घाइते भएका बताएको छ । थप झन्डै सय जनाजित मानिस डढेलाेमा परेर बेपत्ता रहेका छन् ।
यस सम्बन्धमा विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको धेरै क्षति भएको भन्दै स्थानीयहरूले आक्रोश पाेखेकाे बताइएकाे छ । डढेलोले ग्रामीण क्षेत्रमा धेरै क्षति भएको छ । केही सहरी क्षेत्रका भवनहरू पनि ध्वस्त भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् ।
डढेलाेले गर्दा दुई हजार दुई सयभन्दा धेरै भौतिक संरचना नष्ट भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ ।
कुन कुन कारणले गर्दा याे बन डढेलाे फैलियाे र जन धनकाे ठूलाे क्षति भयाे त्यसकाे समग्र छानबिन गरिने बताइएकाे छ । डढेलले जहैइना गाउमा सबैभन्दा बढी क्षति पुगेकाे अधिकारीहरूले जनाएका छन् ।
यस आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको बताइएकाे छ ।