शनिबार, आश्विन १७ गते २०८३

नेपाल-भारत सम्बन्ध बलियाे बनाउन उलमाहरुको संयुक्त कॉन्फ्रेंस 

भाद्र १३, २०७८ आइतबार
नेपाल-भारत सम्बन्ध  बलियाे बनाउन  उलमाहरुको संयुक्त कॉन्फ्रेंस 

कृष्णनगर/कपिलवस्तु

सुन्नी मरकज़ बरेलीको आयोजनामा भारत-नेपाल सुन्नी उलमाहरुले संयुक्त कॉन्फ्रेंस गर्ने तैयारी भइ रहेको छ।नेपाली उलमाको दरगाहे आलाहज़रतको सज्जादानशीन मार्फत सम्मान हुने आयोजना रहेको आयोजक समितिले जनाएको छ । यसबाट दुबै  देशमा रहेका सुन्नी उलमा  बीच सम्बन्धबिस्तार हुने बिश्वास गरिएको छ । कार्यक्रम भारतको उत्तरप्रदेशको बरेलीमा आयोजना हुने छ । जहाँ दुबै देशका उलमाहरुकाे सहभागिता रहने छ ।

सुफी सुन्नी बरेलवी मुस्लिमका मुख्यधर्मगुरु र मज़हबी रहनुमा,आला हज़रत इमाम अहमद रजा खान बरेलवी, सुन्नी बरेलवी सुफी विचारधाराको सबै भन्दा ठुलो केंद्र मरकजे अहल-ए-सुन्नत बरेली शरीफ र आलाहज़रत ख़ानदानने नेपालका सुन्नी मुस्लिमको शैक्षिक र रूहानी व सूफियाना स्तरमा धेरै सेवा गरिएको हो । नेपालको भूमिबाट मुसलमानहरुको गहिरो सम्बन्ध रहेको छ ।

आलाहज़रत, ख़ानदाने आलाहज़रत, मरकज़े अहले सुन्नत र यादगारे आलाहज़रत जामिया रज़विया मंज़रे इस्लामका गहिरो र पुरानो सम्बन्ध रहेको धार्मिक मान्यता रहेको छ । नेपालको सरज़मीनमा बस्ने बेशुमारहरु खानदाने आलाहज़रत हरेक समयमा मुरीद हुँदै आएको छ । नेपालका गरीब छात्रहरु बरेलीका मदरसा मंज़रे इस्लाममा रहेर निशुल्क शिक्षा प्राप्त गर्दै आएका छन । यहाँबाट शिक्षाको राेशनीले नेपालको (पिछडिएको ) इलाका र क्षेत्रको समस्या प्रकाशित गर्नमा अहम भूमिका निर्वाह गरिरहेको छ ।

नेपाली मुसलमानमा खानकाही, सुफियाना, अमन व शान्ति वाली सुन्नी विचारधाराका प्रचार व प्रसारलाई बढावा दिनको लागि मरकज़े अहल-ए-सुन्नत दरगाहे आलालागीका प्रमुख हजरत सुबहानी मियॉ साहब र सज्जादानशीन हजरत अहसन मियॉ साहबले नेपाल  लगभग ६ जिल्ला बॉके, बर्दिया , कपिलवसतु, रूपेन्देहि, दाङ, नवलपरासी  सहित नेपालका उप-क़ाज़ीको अगुवाईमा २५ जना आलिम,मुस्लिम पत्रकार,सामाजिक कार्यकर्ता सहित एक प्रतिनिधिमंडललाई आमंत्रित गरिएको छ ।

आयोजना हुने उक्त कार्यक्रमले भारत-नेपालको सुन्नी उलमाका दरमियान संबंध पनि बलियो हुने सुन्नी सुफी विचार धाराको प्रचार-प्रसार गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रममा योगदान गरिने  इत्तेहाद नेपाल, ओल्मा काउन्सिल नेपाल लगायतहरु लाई सम्मान गरिने छ । “इत्तेहादे उलमा ए हिन्द व नेपाल कॉन्फ्रेंस ” को समेत आयोजना हुने जनाएको छ ।