अमेरिकाले ६ अगस्टमा जापानको हिरोशिमाआणबिक बम बर्षा गरेर करीब पौने दुइ लाख जति मानिस मार्दै शहरलाई ध्वस्त पारेको ठीक तीन पछि अर्को बमवर्षक बिमान बी–२९ सुपरपोर्टेक्स बक्समा एक अर्काे आणबिक बम जापानको अर्को शहर नागाशाकीमा खसालेर हजारौ हजार मानिसलाई एकै चिहान बनाएको थियो । यो बम ठूलो खरभुजा जस्तो र त्यसको वजन ४०५० किलो जत्तिको थियो । त्यस बमको नाम ‘फ्याट म्यान’ राखिएको थियो । यो अर्को बमको निशानामा थियो, जापानको औद्योगिक नगर नागाशाकी । त्यहाँ जापानको सबैभन्दा ठूलो र सबैभन्दा बढी गोला–बारुद बनाउने कारखाना थियो ।
त्यस दिन बिहान ९ बजेर ५० मिनेटमा तल कोकुरा नगर देखिन थाल्यो । उक्त समयमा अमेरिकी परमाणु बम बर्षक बिमान बी–२९ विमान ३१,००० फीटको उचाइमा उडिरहेको थियो । बम सोही उचाइबाट खसालिने तय भएको थियो । जब सहरमा बम खसाल्ने समय आयो, सहरमा धुवै धुवा रहेको थियो र तल विमानभेदी तोपमा आगो देखिएको थियो ।

बी–२९ को इन्धन ह्वात्तै घटिरहेको थियो । विमानमा केबल यती इन्धन बाँकि थियोकि जसका कारण विमान फिर्ता जानुपर्ने अवस्था आइसकेको थियो । यो अभियानका समूहका क्याप्टेन लियोनाई चेशरले पछि बताए,– “मैले बिहान ९ बजे उडान सुरु गरे । जब हामी मूख्य निशानाामा पुग्यौ त्यहाँ बादल थियो । त्यसैले हामीलाई छोड्ने सन्देश प्राप्त भयो र हामी दोस्रो लक्ष्यतर्फ बढ्यौ । त्यो थियो नागासाकी ।”
चालक दलले बम खसाल्ने स्वचालित उपकरण चालु गरे र केही समयपछि बम तीव्र रुपमा धर्तीतर्फ जान थाल्यो । ५२ सेकेन्डसम्म झर्दै गरेपछि बम पृथ्वीको ५०० फुटको उचाइमा विष्फोट भयो ।घडीको समय ११ बजेर २ मिनेट गएको थियो । आगोको एक भीमकाय लप्का गोलो च्याउको स्वरुपमा माथि उठ्यो । गोलाको आकार लगातार बढ्न थाल्यो र तीव्र रुपमा सबै सहरलाई लपेट्यो ।
नागसाकीको समुद्र तटमा तैरिरहेका डुंगा र बन्दर्गाहामा रहेका सबै डुंगामा आगो लाग्यो । वरपर रहेका कुनै पनि व्यक्तिलाई यो के भएको थियो भनेर भनक समेत भएन । किनकी यसको आभाष हुनु भन्दा पहिलेनै मानिसहरु मरिसकेका थिए ।
सहरको बाहिर केही बेलायती युद्धबनदी खानीमा काम गरिरहेका थिए । उनीहरु मध्येका एकले भने, “पुरै सहर निर्जन भइसकेको थियो । सहरमा पुरै सन्नाटा छाएको थियो । सबैतिर मानिसको लाशै लाश थियो । हामीलाई थाहा भइसकेको थियो कि केही असाधारण घटना भएको छ । मानिसको मुहार, हात–खुट्टा गलिरहेको थियो । हामीले यस परमाणु बमको बारेमा कहिलेपनि सुनेका थिएनौं ।”
नागासाकी सहर पहाडले घेरिएकाले केबल ६.७ वर्ग किलोमीटर क्षेत्रमा मात्रै विध्वंश मच्चिएको थियो । पछि गरिएको एक अनुमानका अनुसार हिरोशिमामा १ लाख ४० हजार मानिसको मृत्यू भएको थियो । जबकि नागासाकीमा भएको विष्फोतटमा करिब ७४ हजार मानिसको ज्यान गएको बताइएको छ ।
जापानले सबै मोर्चामा आत्म समर्पण गरेर पछि हटे पछि पनि जबर्जस्ती अमेरिकाले जापानमाथि परमाणु बम दुइ दुइ पटक खसालेर निर्दोष जापानी जनता मारेको मात्रै थिएन, त्यसबेला बिजयी बनेको समाजबादी सोभियत संघलाई गम्भीर चूनौति पनि दिएको थियो कि हामीमाथि आँखा उठाउनेहरुको यस्तै(जाापानको जस्तै) हालत हुनेछ ।
गोरा शासन र जातिबादका बिरुद्ध अफ्रिकी जनताको मुक्ति र प्रगतिका निम्ति लड्ने बिश्व प्रसिद्ध नेता नेल्सन मण्डेलाले जापानमाथिको अमेरिकी परमाणु बम बिस्फोटका बिरुद्ध भनेका थिए – बिश्वमा मानबतामाथि अत्याचार गर्ने कुनै देश छ भने त्यो संयुक्त राज्य अमेरिका हो जसले मानबताका बिरुद्ध अबर्णनीय अत्याचार गरेको छ ।