शनिबार, आश्विन १७ गते २०८३

रहेनन् जनबादी साँस्कृतिक आन्दोलनका एक धरोहर जेबी टुहुरे 

भाद्र १०, २०७८ बिहीबार
रहेनन् जनबादी साँस्कृतिक आन्दोलनका एक धरोहर जेबी टुहुरे 

काठमाण्डौ । नेपालको जनबादी आन्दोलनका प्रसिद्ध गायक जसले ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भै, सुखको सधै प्यासी बनेर’ भन्ने नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता एकदेब ज्ञावालीले रचना गर्नु भएको महत्वपूर्ण गीत गाएर त्यसलाई नेपाली समाजमा जीबन्त बनाउनु भयो, आज उहाँको ७८ बर्षको उमेरमा निधन भएको छ । 

उहाँ पछिल्लो समयमा अक्टोबर क्रान्ति दिवस शतबार्षिकीको बेला प्रज्ञाप्रतिष्ठान डबलीमा भेटिनु भएको थियो । त्यो बेला नेपालको कम्युनिष्ट आन्दोलनमा उत्पन्न गैर कम्युनिष्ट बिचलनले गर्दा देशको स्थिति बिग्रिरहेको कुरामा गम्भीर चिन्ता ब्यक्त गर्नु हुन्थ्यो र जुन उदेश्यका निमित्त कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो त्यसबाट यो भड्किएको र बाटो बिराएको कुरामा असन्तोष ब्यक्त गर्नु हुन्थ्यो । देहाबसान भएका गायक टुहुरेप्रति हार्दिक श्रद्धा सुमन तथा उहाँको शोकाकुल परिबार र मित्रहरुमा गहिरो समबेदना !