शहबाज खान/कपिलवस्तु
कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित आन्दोलन चोकबाट श्रोत नखुलको ४८ लाख नगद सहीत एक ब्यक्ति पक्राउ परेका छन । मंगलवार साझ सवा ६ बजेतिर नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई सो रकम सहीत प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा १४ लाख ९८ हजार हजार १२० रुपैया भारतीय रुपैया र अरु नेपाली रुपैया सहीत गुप्ताल पक्राउ परेका हुन
। गुप्ताले अबैध भारतीय रुपैयाको कारोवार गर्ने गरेको गोप्य सुचनाको आधारमा छापा हानी प्रहरीले सो अबैध रकम सहीत उनलाई पक्राउ गरको जनाएको छ । पक्राउ परका गुप्तालाई सो रकम सहीत राजस्व अनुसंंधान कार्यालय बुटवलमा बुझाईने प्रहरी उपरिक्षक प्रेम बहादृुर बस्नेतले बताए । कुल ४८ लाख ५ हजार १२७ रुपैया सहीत गुप्ता पक्राउ परेका हुन ।
नेपालपत्र संवाददाता