शनिबार, आश्विन १७ गते २०८३

अफगानिस्तानमा फँसेका विदेशीहरुको अप्ठ्यारो 

भाद्र ९, २०७८ बुधबार
अफगानिस्तानमा फँसेका विदेशीहरुको अप्ठ्यारो 


यतिबेला अमेरिका लगायत बिभिन्न देशका मानिसहरु अफगानिस्तानमा अप्ठ्यारोमा फँस्दै गएका छन् । अमेरिकाले ३१ अगस्तसम्ममा त्यहाँबाट आफ्ना सेना फिर्ता लगिसक्ने समय सीमा तोकेको थियो । तर अब त्यो तारिखमा उसले फिर्ता लगिसक्ने स्थिति देखिएको छैन । अमेरिकाका लागि काम गर्ने मानिस र तिनका परिजनहरुको भीड काबुल हवाई मैदानमा फँसेका देख्दा स्थिति निकै गम्भीर देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यो समय सारिणीलाई अझ बढाइनु पर्ने दबाब पनि चर्कै छ । तर सत्तामा आएको तालिबानले ३१ तारिख पछाडि आफ्नो देशमा कोही पनि बिदेशी रहेको सैह्य नहुने कुरा प्रष्ट पारिरहेको छ । यसको परिणाम अमेरिकाले ब्यहोर्नु पर्ने कुरा पनि गरिरहेको छ । बेलायत समेत अन्य पश्चिमा देशहरु यतिबेला अफगानिस्तानबाट आफ्ना मानिसहरुलाई फिर्ता लैजान संघर्ष गरिरहेका छन् । यस क्रममा काबुल हवाई मैदानमा मानिसहरुका भीड बढ्दै नै गएको र जन सुबिधानहरुले त्यो भीडलाई सम्हाल्न सक्ने स्थिति नरहेको पनि जानकारहरु बताइरहेका छन् ।

यद्यपि अहिलेसम्म कावुल हवाई मैदान पश्चिमा खाशगरी अमेरिकी सेनाकै नियन्त्रणमा छ । तर तालिबानको पुरानो सन्त्रास र अहिलेको समेत कतिपय ब्यवहारले अफगानिस्तान छोड्ने मानिसहरुको संख्या र भागभाग चलिरहेको र बढिरहेको छ । त्यो भीडलाई नियन्त्रणमा लिन गोली पनि चलिसकेको र यस क्रममा कम्तिमा ५ जना मानिस मरिसकेको खबर पनि प्रकाशित भइसकेको र भइरहेको छ ।

afganbhid.jpg
अमेरिकाले घोषणा गरिसकेको थियो कि उसको २० बर्ष लामो अफगानिस्तानको अभियान ३१ अगष्टमा समाप्त हुनेछ र उसका सबै सनिकहरुले अफगानिस्तान छोडि सक्नेछन् । यो तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको अप्रिल महिनामा नै घोषणा गरिसकेका हुन्  । तर सबै मानिसहरुलाई निकाल्ने काम अहिलेसम्म पूरा हुन सकेको छैन । त्यसले गर्दा अरु देशहरुले पनि के चाहेको देखिन्छ भने अमेरिकाले समय सीमा केही बढाओस् ।

हुन त बाइडेनले पनि आफ्नो पूर्ब अडानबाट हटेर आवश्यक परेमा केही थप समय अमेरिकी सेना त्यहाँ रहन सक्ने कुरा पनि पछिल्लो साता बताएका हुन् । तर सत्तामा आएको तालिबानले त्यो मितिभन्दा परतिर कुनै परिबर्तन गर्न नसकिने कुरा दोहो¥याइरहेको  छ । यसले गर्दा स्थिति संकटापन्न देखिन्छ । 

यद्यपि बाइडेनले समय सीमा बढाउनु पर्ने स्थिति नआउने आशा पनि ब्यक्त गरेका छन् । उता बृटिश प्रधानमन्त्री बोरिस जोन्सनले जी–७ को बैठकमै अमेरिकासँग समय सीमा बढाउन अनुरोध गरिसकेका छन् । यस सन्दर्भमा फ्रान्ुस र जर्मनी पनि निकै चिन्तित देखिन्छन् र के चाहिरहेका छन् भने काबुल हवाई मैदानलाई निर्धारित समय सीमापछि पनि काम गर्न दिइयोस् भन्ने माग गरिरहेका छन् । यूरोपेली संघका बिदेश नीति प्रमुख योजेप बोरेलले के भनिरहेका छन् भने दशौं हजार अफगान कर्मचारीहरु र तिनका परिजनहरुलाई ३१ अगष्टको समय सीमाभन्दा पहिला अफगानिस्तानबाट निकाल्न गणितीय आधारमा सम्भव छैन । यो बिषय चाँडै समाधान गरिनु पर्दछ । बास्तवमा त्यहाँ नेपाली लगायत धेरै देशका मानिसहरु फँसिरहका छन् ।