बुधबार, भाद्र ३ गते २०८३

बैदेशिक रोजगारीमा जाने  १ हजार बढीले प्रतिबर्ष मृत्यु बरण गर्न बाध्य


श्रावण ४, २०८० बिहीबार
बैदेशिक रोजगारीमा जाने  १ हजार बढीले  प्रतिबर्ष मृत्यु बरण गर्न बाध्य

काठमाण्डौ । हरेक बर्ष बैदेशिक रोजगारीमा जाने युवा शक्तिको संख्या बढ्दो छ भने बैदेशिक रोजगारीमा जानेहरुको बिभिन्न कारणले मृत्यु हुने संख्या पनि बढ्दै गएको छ । अहिले सरदर बर्षको १० हजाार बढी बैदेशिक रोजगारमा गएकाहरुको मृत्यु हुने गरेको बताइएको छ ।  यस क्रममा प्रतिदिन सरदर ४ वटा शब बाकस आउने गरेकको तथ्यांक छ । पछिल्लो एक दशकमा यसरी बैदेशिक रोजगारीमा गएर मृत्यु हुनेहरुको संख्या १००३२ रहेको बताइएको छ । 
गएको आर्थिक बर्ष २०७९को असारको तथ्यांक अनुसार त्यो बर्ष ६ लाख ३० हजारा यूवा गएका थिए । २०८० को बैशाख महिनामासम्मकै संख्या ६ लाख ५६ हजार नाघिसकेको छ । नेपालको बैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसारा दैनिक २१ सय यूवाहरु बिदेशिने गर्दछन् । यसमा अबैध किसिमले जानेहरुको संख्या समावेश छैन । यसरी बिदेशिनेहरुको उमेर भने १८ बर्ष नाघेको र ४४ बर्ष ननाघेको रहेको छ । 
 तीन किसिमले बैदेशिक रोजगारीमा  जाने प्रचलन छ । पहिलो आफ्नो योग्यता र इच्छा अनुसार रोजगारदाताहरुसँग सम्पर्क गरेर, म्यानपावर कम्पनीहरुको सहजीकरणमा र सरकार–सरकार बीच सम्झौता गरेर जानसक्ने प्रावधान रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ ।