बुधबार, भाद्र ३ गते २०८३

प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित


श्रावण १, २०८० सोमबार
प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक  पारित

काठमाण्डाै । हिजाे २०८० असार ३१ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पारित गरेको छ। साे प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो। 

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेकाे मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन् । यो विधेयक पारित भएसँगै अनुचित लेनदेनसँग सम्बन्धित कार्यमा अब कसुर लाग्नेछ । 

देशका मिटरब्याज पीडत परिवारहरूले आन्दोलन चर्काएपछि आन्दोलनरत पक्षसँगको सहमति अनुसार सरकारले यसअघि गत वैशाख २० गते पीडितलाई न्याय दिने भन्दै अध्यादेश ल्याएको थियो । 

यो विधेयक पारित भएसँगै मिटरब्याज सम्बन्धी साहुलाई कानुनी कारबाही गर्ने बाटो खुलेको छ।